गाईगोरु मृत्यु घटना : गृहको छानबिन टोली सुर्खेतमा | Khabarhub Khabarhub

गाईगोरु मृत्यु घटना : गृहको छानबिन टोली सुर्खेतमा


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– दैलेख पुर्‍याउने भनी नेपालगञ्जबाट पठाइएका गाईगोरुबीच बाटोमै खसालिएको घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयले गठन गरेको छानबिन टोली सुर्खेत आइपुगेको छ ।

मन्त्रालयका उपसचिव सागरमणि पाठक संयोजकत्व गठित छानबिन समितिले आज गाई खसालिएको स्थानको अवलोकन गर्नुका साथै सरोकारवालासँग घटनाबारे सोधपुछ गरेको छ ।

छानबिन समितिका संयोजक पाठकले घटनाको अनुसन्धान शुरु गरिसकेको जानकारी दिए । “बाँकेबाट अनुसन्धान शुरु गरिसकेका छौं,” उनले भने, “घटनास्थलको स्थलगत अध्ययन र गाईगोरु लैजाने भनिएको ठाउँ दैलेखको शिरस्थानसम्म पुग्नेछौँ ।” समितिले घटनाको वस्तुगत तथ्य पत्ता लगाउने र भविष्यमा यस्ता समस्या आउन नदिन सुझावसहितको प्रतिवेदन तयार गरिने संयोजक पाठकको भनाइ छ ।

समितिले मङ्गलबार नेपालगञ्ज उपमहानगरपालिकाको काञ्जीहाउसको अनुगमन गर्नुका साथै उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग पनि सोधपुछ गरेको छ । गृहमन्त्रालयले उपसचिव पाठकको संयोजकत्वमा सुरक्षा निकायको समेत प्रतिनिधित्व रहने गरी शनिबार चार सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यदेश छ ।

यसैबीच, नेपालगञ्ज उपमहानगरपालिकाद्वारा गठित छानबिन समितिले पनि सुर्खेत आएर घटनाबारे अनुसन्धान गरिरहेको छ । नेपालगञ्जका कानून व्यवसायी विकास आचार्यको संयोजकत्वमा सात सदस्यीय छानबिन समितिले आज बिहान वीरेन्द्रनगरमा नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मीसँग घटनाबारे सोधपुछ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–२१ फुलटेक्रा र बेतनीबीचमा रहेको कान्जीहाउसबाट दैलेखको शिरस्थानसम्म पुर्‍याउने भनी ल्याइएका ३६ गाईगोरु शुक्रबार बिहान सुर्खेतको वीरेन्द्रनगर नजिकको जङ्गलमा भीरबाट खसालेर मारिएको अवस्थामा भेटिनुका साथै बाँकी घाइते र बेवारिसे अवस्थामा छाडिएका थिए । सोही दिन प्रहरीले गाई–गोरुलाई भिरबाट खसालेर मारेको अभियोगमा ढुवानीमा आएका ट्रकका चालकलाई नियन्त्रणमा लिएको थियो ।

सुर्खेतको कटकुवा र धुलियाबिट जङ्गलको भिरबाट खसालेर गाईगोरु मारेको अभियोगमा शुक्रबार पक्राउ परेका ट्रकका चालक/सहचालक गरी सात जनालाई प्रहरीले गोबध मुद्दामा अनुसन्धान गरिरहेको छ । नेपालगञ्ज उपमहानगरअन्तर्गतका नगर प्रहरी निरीक्षक सूर्य बोगटीलाई पनि पक्राउ पुर्जी जारी गरिएको छ । बोगटी गाईगोरु ढुवानी गरिरहेका ट्रकसँगै सुर्खेत आएको बताइएको छ । सोही आधारमा उनलाई पनि गोबध मुद्दाको दोषीका रुपमा प्रहरी अनुसन्धान अघि बढाएको हो ।

मुलुकी अपराधसंहिताअन्तर्गत पशुपक्षीसम्बन्धी कसुर गर्नेलाई कानूनी कारवाही गर्ने प्रावधान छ । अपराधसंहिताको उक्त कसुरअन्तर्गत दफा २८९ को उपदफा १ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्‍याउने नियतले कुनै काम गर्न नहुने उल्लेख छ । उपदफा २ मा गाई र गोरु मारेमा तीन वर्ष कैदको हुने व्यवस्था छ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  १ : ५० बजे

त्रिभुवन विमानस्थल अवरुद्ध: फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट

काठमाडौं – राजधानीका विमानमार्गमा देखिएका प्राविधिक समस्या एवं अवरोधका कारण

विमानस्थल बन्द हुँदा कतार एयरको जहाज आकाशमै फनफनी

काठमाडौं – त्रिभुवन विमानस्थलमाथिको आकासमा कतार एयरवेजको जहाजले ३३ फन्को

ब्राजिलमा आँधीका कारण पाँच जनाको मृत्यु, १३० घाइते

ब्रासिलिया – दक्षिणी ब्राजिलकका विभिन्न भागहरूमा शुक्रबार आएको आँधीका कारण

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने

प्रधानमन्त्री कप बैतडी छनोटः जनसेवाको उत्कृष्ट सुरुआत

बैतडी – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट