सुदूरपश्चिमको विकेट लगालग खस्यो, जनकपुरलाई राहत « Khabarhub

सुदूरपश्चिमको विकेट लगालग खस्यो, जनकपुरलाई राहत


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि प्रतिस्पर्धामा जनकपुर बोल्ट्सविरुद्ध सुरुवातमा उत्कृष्ट ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले लगालग विकेट गुमाएको छ । 

११ ओभरसम्म आइपुग्दा विकेटविहीन रहेको जनकपुर विकेट विहीन थियो ।  १७ ओभरमा आइपुग्दा जनकपुरले चार विकेट हात पारेको छ । 

ओपनरद्वय सैफ जाइब र विनोद भण्डारीको ११७ रनको साझेदारी टुटाएपछि जनकपुरले लगालग जस्तै विकेट लिएको हो । 

११ ओभरको अन्तिम बलमा सैफ ६९ रन बनाएर आउट भए । १२ ओभरको दोस्रो बलमा विनोद ४१ रन बनाएर आउट भए । 

सुदूरपश्चिमका हर्मीत सिंह १४ ओभरको अन्तिम बलमा आउट भए । उनले ८ बलमा १ छक्काको सहयोगम केबल १४ रन जोडे । 

अर्को ब्याटर ब्रान्ड म्याकमुल्ले पनि १५ ओभरको अन्तिम बलमा ब्याटिङबाट बिदा भए । उनले १२ बलमा १ छक्काको सहयोगमा १४ रन जोडे । 

सुरुवातमा विकेट नखस्दा दबाबमा परेको जनकपुरलाई अहिले केही राहत मिलेको छ । खेल १७ ओभरमा आइपुग्दा सुदूरपश्चिम ४ विकेटको क्षतिमा १५६ रनको अवस्थामा छ ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  १ : ५५ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण