सुदूरपश्चिमको विकेट लगालग खस्यो, जनकपुरलाई राहत | Khabarhub Khabarhub

सुदूरपश्चिमको विकेट लगालग खस्यो, जनकपुरलाई राहत


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि प्रतिस्पर्धामा जनकपुर बोल्ट्सविरुद्ध सुरुवातमा उत्कृष्ट ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले लगालग विकेट गुमाएको छ । 

११ ओभरसम्म आइपुग्दा विकेटविहीन रहेको जनकपुर विकेट विहीन थियो ।  १७ ओभरमा आइपुग्दा जनकपुरले चार विकेट हात पारेको छ । 

ओपनरद्वय सैफ जाइब र विनोद भण्डारीको ११७ रनको साझेदारी टुटाएपछि जनकपुरले लगालग जस्तै विकेट लिएको हो । 

११ ओभरको अन्तिम बलमा सैफ ६९ रन बनाएर आउट भए । १२ ओभरको दोस्रो बलमा विनोद ४१ रन बनाएर आउट भए । 

सुदूरपश्चिमका हर्मीत सिंह १४ ओभरको अन्तिम बलमा आउट भए । उनले ८ बलमा १ छक्काको सहयोगम केबल १४ रन जोडे । 

अर्को ब्याटर ब्रान्ड म्याकमुल्ले पनि १५ ओभरको अन्तिम बलमा ब्याटिङबाट बिदा भए । उनले १२ बलमा १ छक्काको सहयोगमा १४ रन जोडे । 

सुरुवातमा विकेट नखस्दा दबाबमा परेको जनकपुरलाई अहिले केही राहत मिलेको छ । खेल १७ ओभरमा आइपुग्दा सुदूरपश्चिम ४ विकेटको क्षतिमा १५६ रनको अवस्थामा छ ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  १ : ५५ बजे

प्रहरीको गोलीबाट युवकको मृत्यु भएको भन्दै राजविराजमा प्रदर्शन

राजविराज– प्रहरीको गोली प्रहारबाट मृत्यु भएका लालु यादवको विषयमा निष्पक्ष

ट्रम्प चाहन्छन् भारतले रूसी तेल नकिनोस्, मोदी किन मानिरहेका छैनन् ?

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग

चितवनमा दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लु’ अभिलेख

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लु’

चुरे क्षेत्रको संरक्षण गर्न जरुरी : मुख्यमन्त्री सिंह

महेन्द्रनगर– मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिसकुमार सिंहले चुरे क्षेत्रको संरक्षण