बाँकेमा धान उत्पादनमा वृद्धि « Khabarhub

बाँकेमा धान उत्पादनमा वृद्धि


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

राँझा – बाँकेमा गत वर्षको तुलनामा यसवर्ष धानखेती गर्ने क्षेत्रफल घटे पनि उत्पादन भने बढेको छ ।

यस वर्ष ३४ हजार पाँच सय दुई हेक्टर जमिनमा बर्खे धानखेती गरिएकोमा एक लाख ५१ हजार आठ सय आठ दशमलव ८० मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार बाँकेमा यस वर्ष प्रतिहेक्टर धानको उत्पादकत्व चार दशमलव चार मेट्रिकटन रहेको थियो । गत वर्ष बर्खे र चैते धान गरी ३४ हजार छ सय ७५ हेक्टर जमिनमा धानखेती गरिएको थियो । जसबाट एकलाख ४५ हजार छ सय ५३ मेट्रिकटन धान उत्पादन भएको थियो ।

गतवर्षको चैते र बर्खे धानभन्दा यस वर्ष चैतेबाहेक बर्खेधानको उत्पादननै एक लाख ५१ हजार आठ सय आठ दशमलव ८० मेट्रिकटन भएको छ ।

गत आवभन्दा यसवर्ष चार दशमलव २४ प्रतिशतका दरले धान उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सिञ्चित क्षेत्र विस्तार, हाइब्रिड जातको खेतीमा वृद्धि, बीउ प्रतिस्थापन दर वृद्धि र उपयुक्त मौसमका कारण धान उत्पादनमा वृद्धि भएको श्रेष्ठले जानकारी दिए।

गत वर्ष ३४ हजार छ सय ७५ हेक्टरमा धानखेती भएकोमा यस वर्ष ३४ हजार पाँच सय दुई हेक्टर जमिनमा धान रोपाइँ भएको थियो । बाँकेमा ३५ देखि ४० हेक्टर जमिनमा चैते धान खेती हुने गरेको छ । यस वर्ष बेलैमा पानी परेकाले धान उत्पादन बढेको सूचना अधिकारी श्रेष्ठको भनाइ छ ।

कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी श्रेष्ठले भने, “यस वर्ष समयमा पानी परेपछि धान उत्पादनमा वृद्धि भएको छ, यसैगरी सिक्टा सिँचाइ आयोजनाबाट किसानले लाभ पाएका छन् ।”

बाँकेमा सिक्टा सिँचाइलगायत विभिन्न योजनाबाट गरी २५ हजार एक सय १५ दशमलव ३० हेक्टर जमिनमा मात्रै सिँचाइ हुने गरेको छ । करिब १० हजार हेक्टर जमिनमा आकाशे पानीको भरमा किसानले धानखेती गरिरहेका छन् ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ६ : ३७ बजे

काठमाडौंको गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेँलो पुलबाट

आईपीएल : कोलकाता र मुम्बईबीचको खेल वर्षाले रोकियो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्स

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

काठमाडौं – सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको

भिमफेदीमा गाडी दुर्घटना हुँदा आठ जना घाइते

बागमती – हेटौँडा–काठमाडौँ जोड्ने भिमफेदी–कुलेखानी–काठमाडौँ सडक अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका

‘हान्टाभाइरस’ सङ्क्रमणको जोखिम नेपालमा न्यून

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा हान्टाभाइरस सङ्क्रमणको