पार्टी सङ्गठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी : माधव नेपाल « Khabarhub

पार्टी सङ्गठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी : माधव नेपाल


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी सङ्गठन र फाँटभित्रका कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीका सदस्यलाई जिम्मेवारी दिइएको बताएका छन् ।

अध्यक्ष नेपालले एक विज्ञप्ति जारी गर्दै प्रदेशस्तरमा किसान, मजदुर, महिला, युवा, विद्यार्थी, पेसागत बुद्धिजीवी र उद्योगी, व्यवसायीलाई व्यवस्थित गर्न नेताहरूलाई पठाइएको कार्यविभाजनमा प्रदेशको जिम्मेवारीमा रहने सबै पोलिटब्यूरो सदस्यलाई सम्बन्धित प्रदेशको सहइन्चार्ज बनाइएको बताए ।

प्रदेश इञ्चार्जको संयोजनमा प्रदेशअन्तर्गत जिम्मेवारीमा रहेका पोलिटब्यूरो सदस्यको परामर्शबाट केही फाँटको इञ्चार्जको जिम्मेवारी विभाजन गर्न जोड दिँदै उनले प्रदेशका कतिपय फाँटमा केन्द्रीय कमिटीका सदस्यलाई जिम्मेवारी तोकेकाले जनसङ्गठनका अध्यक्षलाई सम्बन्धित जनसङ्गठनको जिम्मेवारी यथाशीघ्र छोड्न निर्देशन दिए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले एउटा मात्र सङ्घीय निर्वाचन क्षेत्र भएको जिल्लामा एकभन्दा बढी सहइञ्चार्ज भएमा जिल्ला इञ्चार्जको संयोजनमा प्रदेश निर्वाचन क्षेत्रमा जिम्मेवारी तोकेर काम गर्नसक्ने उल्लेख गरे ।

केन्द्रीय कमिटी सदस्यलाई तोकिएको निर्वाचन क्षेत्रको जिम्मेवारी हेरफेर गर्नुपर्ने भएमा इञ्चार्जले सम्बन्धित नेतासँग छलफल गरी निर्णय गर्नसक्ने अधिकार दिइएको बताउँदै अध्यक्ष नेपाल सोको जानकारी तुरुन्तै केन्द्रीय कार्यालयमा गराउनुपर्ने उल्लेख गरे ।

केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन गरेको पार्टीले कामको आवश्यकता हनुसार केही स्थानमा केन्द्रीय आयोगका सदस्यलाई पनि जिम्मेवारी दिएको पार्टी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ८ : १८ बजे

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया