टिकटक बनाउने क्रममा तेह्रथुममा दुईजनाको मृत्यु | Khabarhub Khabarhub

टिकटक बनाउने क्रममा तेह्रथुममा दुईजनाको मृत्यु


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम – खोला किनारामा टिकटक बनाउने क्रममा दुईजनाको मुत्यु भएको छ । आज दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो ।

विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार उनीहरु शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए । खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर लडेका उनीहरु खोलामा बगेका थिए ।

आज अपराह्न खोलामा बगेका उनीहरुको शव साँझ भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चिनिमाया तामाङले जानकारी दिए । शव मृतकका परिवारलाई आइतबार मात्र हस्तान्तरण गरिने उनले बताए ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ९ : ४८ बजे

महोत्तरी कारागारमा हृदयघातबाट थुनुवाको मृत्यु

महोत्तरी– महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु भएको छ ।

दलका नेताविरुद्धको मुद्दा फिर्ता लिनेसम्बन्धी विधेयकबाट पछि हट्यो सरकार

काठमाडौं- अदालतमा चलिरहेका राजनीतिक दलका नेताहरूविरुद्धको मुद्दा फिर्ता लिनेसम्बन्धी विधेयक

सिंहदरबारले किन रोक्यो समपूरक र विशेष अनुदान प्रस्ताव ?

काठमाडौं – नेपालको संविधानमै गरिएको व्यवस्थाअनुसार प्रदेश र स्थानीय तहले

रविसँग सम्पत्ति शुद्धीकरणमा २७ करोड बिगो मागदाबी, छविलालको ७४ करोड जफत गर्न माग

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध २७ करोड रुपैयाँ

रवि पत्नी निकिताविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

काठमाडौं- सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि