लमजुङ पुगेर सञ्चारमन्त्रीले भने- चीनसँग सम्झौता गरेका छौँ, मकैको घाँस चीनमा बिक्री हुन्छ « Khabarhub

लमजुङ पुगेर सञ्चारमन्त्रीले भने- चीनसँग सम्झौता गरेका छौँ, मकैको घाँस चीनमा बिक्री हुन्छ


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लठ्ठीको साहारामा उभिएको बुढो शरीर । पावरवाला चस्माले परैबाट कसैलाई ठम्याउन खोज्दै थियो । आफ्नै जिल्लाबाट चुनिएर गएका नेता मन्त्री बनी गाउँघर आएको खबर सुनेर लमजुङ राइनास नगरपालिका–७ का ७९ वर्षीय वृद्ध धनश्याम गिरी हर्षित देखिन्छन् । आफूले भोट दिएर जिताएको जनप्रतिनिधि मन्त्रीका हैसियतले एक्कासी आफ्नै घरआँगनमा आउँदा खुशी देखिनलाई स्वभाविकै मान्नुपर्ला ।

जिल्लावासी तथा स्थानीय गाउँलेले उनीप्रति देखाएको आशा र भरोसालाई अझ जगाउनु पर्दछ भन्ने मूल्यमान्यतालाई आत्मसात् गर्दै जिल्लाबासी जनतासँग एकापसमा रमाउन मन पराउने नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ  यही पुस ३ र ४ गते गृह जिल्ला लमजुङको राइनास नगरपालिका हुँदै क्व्हलासोथार गाउँपालिका र पर्यटकीयस्थल घले गाउँसम्म पुगे । क्व्हलासोथार गाउँपालिकाको प्रशासकीय भवन र मालिङ प्राथमिक अस्पतालको भवन उद्घाटन गरेका मन्त्री गुरुङले स्थानीयवासीसँग प्रत्यक्ष भेटेर उनीहरुको दुःखसुख बुझे  । मन्त्री भेट्नैका लागि काम छोडेर बाटामा हात जोड्दै उभिएका स्थानीयप्रति कृतज्ञ भई मन्त्री गुरुङ हालखबर सोध्दै भन्थे ,’ज्यानलाई आरामै छ नि बुबा–मुवा, दाजू–दिदी,  साथी ।’

राइनास नगरपालिका–८ तार्कुघाटस्थित श्री वीरभक्ति माध्यमिक विद्यालयको ५७औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा  पुगेका मन्त्री गुरुङले विद्यालयको अवस्था प्रत्यक्ष नियाले । विद्यार्थीका लागि आवश्यक पर्ने कम्प्युटर प्रयोगशाला, स्कुल बस र खेल मैदानलगायत भौतिक पूर्वाधारको अभाव भएको महसुस गर्दै उनले थपे ,’शौचालय निकै फोहर रहेछ, यसलाई व्यवस्थित गर्नुहोस् ।’

सूचनाप्रविधिमैत्री विद्यालय बनाउने उद्देश्यका साथ उनले जिल्लाका दश विद्यालयमा कम्प्युटर प्रयोगशालाका समेत व्यवस्था गरिएका छन्।  मन्त्री गुरुङ अहिले मन्त्रालयको जिम्मेवारीअन्तर्गत देशभर इन्टरनेट फोन सेवा विस्तार गर्न लागेका छन् ।

गाउँमा मन्त्री पुग्दा जनताका असिमित आशा र माग त हुन्छन् नै राम्रो काम गरेको भनेर प्रशंसा गर्ने जनता पनि प्रशस्तै भेटिए । राइनास नगरपालिका–४ का पद्मराज पन्थीले मन्त्री गुरुङलाई धन्यवाद दिँदै भने, ‘यो चिल्लो सडक तपाइकै कारणले सम्भव भएको हो मन्त्रीज्यू ।

७२ वर्षीय स्थानीय पन्थीले भने, ‘सडक पक्की बनेपछि हामी गाउँलेको दैनिकी फेरिएको छ । रोजगार र व्यापार फस्टाएको छ । मान्छेहरुको चहलपहल बढ्दो छ ।’ दुई वर्षअघि धुलाम्मे हुुने राइनास गाउँपालिकाको सडक अहिले मन्त्री गुरुङकै पहलमा कालोपत्र भएको छ ।

हामीले भवन मात्र होइन, स्थानीय सिंहदरबार पाएका छौँ”, मन्त्री गुरुङले, ‘जनताको सेवालाई प्रविधिमैत्री बनाउँदै छिटो र सहज सेवा प्रदान गर्नेतर्फ उन्मुख हुनेछौँ ।’

मन्त्री गुरुङले हालै चीनसँग गरेका विभिन्न सम्झौताबारे बुझिनेगरी सो अवसरमा स्थानीयवासीलाई अवगत गराएका थिए । गाउँमा व्यापार र रोजगारीका प्रशस्त सम्भावना रहेको बताउँदै उनले चीनलाई मकैको घाँस बेचेर आयआर्जन गर्न सकिने बताए  । ‘हामीले चीनसँग सम्झौता गरेका छौँ, अब मकैको घाँस चीनमा बिक्री हुन्छ । घाँस लगाउनुहोस् ।’ मन्त्री गुरुङले भने ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  २ : १२ बजे

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज ८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा