पाँच महिनामा झन्डै ६ खर्बको आयात | Khabarhub Khabarhub

पाँच महिनामा झन्डै ६ खर्बको आयात

वैदेशिक व्यापारमा १.५२ प्रतिशतले थपियो घाटा


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत आर्थिक वर्षको तुलनामा नेपालको वैदेशिक व्यापार बढेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकले गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा नेपालको वैदेशिक व्यापार ४.२१ प्रतिशतले वृद्धि भएको देखिएको हो ।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात् मंसिर मसान्तसम्म नेपालको नेपालमा ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार बराबरको भएको छ । जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालको वैदेशिक व्यापार ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

अघिल्लो आर्थिक वर्षको पहिलो पाँच महिनाको अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ३ प्रतिशत बढीले आयातमा वृद्धि भएको छ ।

वैदेशिक व्यापारमा भएको वृद्धिसँगै निर्यातमा पनि सुधार भएको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको पहिलो पाँच महिना अवधिमा नेपालबाट ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रूपैयाँको विभिन्न वस्तु निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यातमा १६.५४ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा नेपालबाट ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

समीक्षा अवधिमा नेपालको तर्फबाट भएको कुल वैदेशिक व्यापारमा ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख २२ हजार रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । सो व्यापार घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.५२ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ४ : ४१ बजे

रामहरिले भने- कुलिङ पिरियडमा भएको छेडखानीमा मेरो कुनै दोष छैन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि

बहुविवाहलाई मान्यता दिने मस्यौदाप्रति फेडोको आपत्ति

काठमाडौं – दलित महिला सङ्घ (फेडो)ले सरकारले बहुविवाहलाई निश्चित परिस्थितिमा

बङ्गलादेशमा युनुसद्वारा क्रान्तिको वार्षिकोत्सवमा सुधारका लागि आह्वान

ढाका- बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुसले मङ्गलबार मानिसहरूलाई सुधारको ‘अवसर’

नाम्दुका मानबहादुरको मान राख्दै ड्रागन फ्रुट, दोब्बरले बढ्यो आम्दानी 

दोलखा– पछिल्लो ४ वर्ष देखि ड्रागन फ्रुट खेतीमा जोडिएका वैतेश्वर-६

लिबियामा सुरक्षा कारबाहीका क्रममा ३५० जना गैरकानूनी आप्रवासी पक्राउ

त्रिपोली- लिबियाको टोब्रुक नगरपालिकाले गरेको सुरक्षा कारबाहीमा विभिन्न देशका तीन