राप्रपा कोशी प्रदेश समितिले पौष १३ गते इटहरीमा विरोध सभा गर्ने  « Khabarhub

राप्रपा कोशी प्रदेश समितिले पौष १३ गते इटहरीमा विरोध सभा गर्ने 


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

इटहरी– शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवा प्रवाहमा कोशी प्रदेश सरकार असफल भएको आरोप लगाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेशले विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ।

कोशी प्रदेश कार्यसमितिका अध्यक्ष रामकुमार थापाले प्रदेश सरकार जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै पुस १३ गते इटहरीमा वृहत् विरोध सभा आयोजना गर्ने जानकारी दिए।

पत्रकार सम्मेलनमा अध्यक्ष थापाले प्रदेश सरकारको खारेजी, स्थानीय स्वायत्त शासन प्रणालीको अधिकार पुनः स्थापना, धार्मिक स्वतन्त्रता, र सनातन वैदिक हिन्दू राष्ट्रको पक्षमा आवाज उठाउने बताउँदै, सहकारी पीडितहरूको विषयलाई पनि विरोध सभामा समेट्ने जानकारी गराए।

उनले विरोध सभामा सहभागीहरूको ठूलो उपस्थिति हुने विश्वास व्यक्त गर्दै, सभा केवल सरकारको आलोचना गर्ने माध्यम मात्र नभई सामाजिक र धार्मिक अधिकारहरूको पक्षमा स्पष्ट धारणा प्रस्तुत गर्ने स्थल हुने बताए। राप्रपाले धार्मिक स्वतन्त्रताको सुनिश्चितता र सनातन वैदिक हिन्दू राष्ट्रको पक्षमा दृढता देखाउँदै विरोध सभामा विशेष ध्यान दिने योजना बनाएको स्पष्ट पारेको छ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ६ : २२ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन