वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व सङ्कलन « Khabarhub

वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व सङ्कलन


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पर्सा – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिमा रु ६४ अर्ब ५९ करोड ५१ लाख २५ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले कुल वार्षिक लक्ष्यको पाँच महिनाको अवधिमा २९ दशमलव ५० प्रतिशत राजस्व सङ्कलन गरेको हो । कार्यालयले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको साउन महिनामा रु १२ अर्ब १६ करोड ३२ लाख राजस्व सङ्कलन गरेको छ ।

भदौ महिनामा १३ अर्ब ४३ करोड १० लाख, असोज महिनामा १३ अर्ब ४३ करोड र कात्तिक महिनामा ११ अर्ब १० करोड ५२ लाख राजस्व सङ्कलन गरेको थियो । तर मङ्सिर महिनामा भने रु १४ अर्ब ४१ करोड ५९ लाख राजस्व सङ्कलन गरेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने राजस्व सङ्कलन दुई अर्ब ५९ करोड १६ लाख ३० हजार बढेको छ । कार्यालयका अनुसार गत आवको पाँच महिनाको अवधिमा भने ६२ अर्ब ३४ लाख ९५ हजार राजस्व सङ्कलन गरेको थियो ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ८ : ११ बजे

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ

प्रिमियर लिग : चेल्सी र न्यूक्यासलको रोमाञ्चक बराबरी

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा