फुटबलमा उदाएका ब्राजिलियन जुनियर : जो ५० किलोमिटर बस चढेर प्रशिक्षणमा पुग्थे | Khabarhub Khabarhub

फुटबलमा उदाएका ब्राजिलियन जुनियर : जो ५० किलोमिटर बस चढेर प्रशिक्षणमा पुग्थे

फुटबलमा मात्र रमाउने केटोको कथा


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

रियल म्याड्रिडका लागि खेल्ने ब्राजिलियन सुपर स्टार भिन्सियस जुनियरले २४ घण्टा नबित्दै दुई वाटा खुसी पाए। मङ्गलवारको रात उनी फिफाका वर्षको उत्कृष्ट पुरुष खेलाडी घोषित भए। रियल म्याड्रिडलाई ला लिगा, युइएफए च्याम्पियन्स लिग तथा सुपर कोपा डे स्पानामा सफलता दिलाएका कारण उनले सो उपाधि पाएका हुन्। त्यसको २४ घण्टा पुरा नहुँदै रियल म्याड्रिड पाचुवालाई हराउँदै इन्टर कन्टिनेन्टल कप फुटलको उपाधि जित्न सफल भयो।

फिफा क्लब विश्व कपको परिमार्जित संस्करणमा टोलीले उपाधि जित्दा जुनियर शीर्ष गोलकर्ता र उत्कृष्ट खेलाडी दुवै भए। फाइनलमा उनले पेनाल्टीमार्फत् एक गोल गरे।

विश्व फुटबलर पछिल्लो एक दशक क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीको सेरोफेरोमो घुमको साँचो हो। उनीहरूको प्रभाव कम भएको समयमा समेत ब्राजिलियनले आफूलाई संसारको शीर्ष खेलाडी पुष्टि गर्न कठिन भइरहेको समयमा जुनियरको यो सफलात ब्राजिलियन फुटबलका लागि समेत केही खुसी हुने विषय हो।

जुनियरको जीवन नै आफैमा धैर्यताको प्रतीक हो। उनको बाल्यकालदेखिको कथा जान्नेहरूको लागि त्यसै धैर्यता र सङ्घर्ष नै अहिले उनी हरेक समयमा मैदानमा उपस्थित हुन पाउँदा खुसी हुनुको कारण बनेको छ। रियो द जेनरियो महानगरमा रहेको साओ गानकालोदेखि विश्वको उत्कृष्ट खेलाडी घोषित हुँदासम्मको क्षणमा धेरै दुःख, कष्ट र सङ्घर्ष र धैर्यताको कथा जोडिएका छन्। तर यी यावत परिवर्तनका माझमा उनको त्यो मुस्कान भने सदाबहार उस्तै छ।

उनका पूर्व प्रशिक्षकका अनुसार आठ वा नौ वर्षको उमेरदेखि नै विशेष केही थियो। सन् २०१० देखि २०१८ को बिचमा फ्लेमिङ्गोको यूथ परियोजनामा निर्देशक रहेका कार्लोस नाभाल भन्छन्, ‘भिन्सियसमा कत्ति असाधारण क्षमता छ भनेर हामी त्यस समयमा कल्पना गर्न सक्ने अवस्थामा थिएनौं।’

ब्राजिलियन फुटबलमा १० वर्षको उमेरमा नै उनलाई देख्ने र हेर्नेहरू भविष्यको एउटा सुपर स्टारको कपना गर्न थालिसकेका थिए। उनको व्यक्तित्व, उनको लगन, प्रकृति प्रदत्त क्षमता र समर्पण सबै आजको सफलताका आधार थिए। १० वर्षको उमेरमा फ्लेमिङ्गो प्रशिक्षण केन्द्रमा आबद्ध भएका उनले प्रशिक्षणका लागि दैनिक ५० किलोमिटरको यात्रा गरेर प्रशिक्षण गर्ने गरेका थिए।

पछि क्लबका प्रशिक्षक युलिसेले उनलाई आफ्नै घरमा राखेका थिए। घर र प्रशिक्षण केन्द्र बिचको लामो दुरीका कारण उनलाई जगिङ गर्ने समय मिलेको थिएन। यस कारण उनले सो निर्णय गरेका थिए।

सन् २०१७ मा उसको जीवनमा कायापलट नै भयो। सोही वर्ष भएको यु–१७ दक्षिण अमेरिकी च्याम्पियनसिपमा उनी आफ्नो देशलाई उपाधि दिलाउन मात्र सफल भएनन् शीर्ष गोलकर्ता र उत्कृष्ट खेलाडी समेत घोषित भए। यसपछि नै संसारका फुटबल शक्तिहरू उनीप्रति आकर्षित भएका थिए।

संसारका महाशक्ति उनीप्रति आकर्षित भए पनि उनी फ्लेमिङगोबाट रियल म्याड्रिडमा पुगेका थिए। रियलमै उनले थोरै समयमा महत्त्वपूर्ण सफलता पाए। उनको उपस्थिति र योगदानमा रियलले फिफा क्लब विश्वकप, तीन पटक स्पेनिस ला लिगा तथा दुई पटक युरोपेली च्याम्पियन्स लिग जिती सकेको छ।

बाल्यकालका प्रशिक्षक नाभालकै सामु भने भिन्सियस बारे सम्झने धेरै कुरा छन्। बाल्यकालका उनका प्रशिक्षक युलिसेयसकै विचारमा जुनियर जसरी बिहान ६ बजे बस चढेर फ्लेमिङगोको क्लबमा प्रशिक्षणका लागि जान्थे अहिले रियल म्याड्रिडका सुपर स्टार भइरहँदा पनि त्यस्तै देखिन्छन्। उनको खुसीको कारण त्यस समयमा पनि फुटबलमा थियो र अहिले पनि फुटबलमा छ।

जुनियर बाल्यकालमा यु–१५ कोपा भान्डोरान्टिम जित्न सफल भएका थिए। त्यस पछि उनको खुसीयाली मनाएको दृश्यले सबैलाई चकित पारेको थियो। फुटबलमा त्यो क्रेज र पागलपनले सबैलाई आश्चर्यमा पारेको थियो।

सन् २०१६ मा रियो द जेनरियो यु-१६ च्याम्पियनसिपमा भास्को डिगामासँग फाइनल खेलको पहिलो लेग भएको थियो। सोही खेलमा उनले केही कला देखाए। भास्कोडिगामा ४-० ले पराजित भयो। त्यो यस्तो खेल थियो कि क्लबका प्रशिक्षक नै जुनियरको स्किलबाट अचम्मित थिए। आफ्नो टोली हारेको पीडा उनीहरूमा थिएन। जुनियरको केही स्किल हेरेर सबै जना मुग्ध भइरहेका थिए।

पहिलो लेगमा एक गोल गरेका उनले दोस्रो लेगमा दुई गोल गरे। समग्रमा उनको टोली ६–१ ले विजयी भयो। उनले एक गोल त सिधै कर्नरबाट गरेका थिए। यो सफलता र आजको उचाइको राज खेल प्रतिको मोह र समर्पण मात्र होइन, उनको व्यक्तिगत खेल चरित्र पनि हो। उनी जत्ति पटक गोल गर्न चुके पनि निराश हुँदैनन्। खेलमा रमाइरहेका हुन्छन् र बारम्बार गोलकै प्रयास गर्छन्। बाल्यकालका ब्राजिलियन प्रशिक्षकका लागि अहिलेका सुपर स्टार जुनियर तीनै जुनियर हुन् जो केटाकेटीमा थिए। बस फुटबलमा रमाउन जन्मिएको एउटा केटा।

महिलातर्फ बानमती
स्पेनकी स्टार खेलाडी आइताना बोनमाती महिलातर्फको स्टार खेलाडी भइन्। एक पटक भन्दा सो अवार्ड पाउने उनी छैटौँ खेलाडी समेत भइन्। उनले स्पेनलाई नेसन कप दिलाउनुका साथै बार्सिलोनालाई च्याम्पियन्स लिग उपाधि दिलाएकी थिइन्।

पुस्कास अवार्ड गारान्चोलाई
यस वर्षको पु्स्कार अवार्ड अलेजान्द्रो गारान्डोले जिते। एटरनटनविरुद्धको खेलमा गरेको ओभर हेड गोलको लागि म्यानचेस्टर युनाइटेडका फरवार्डलाई सो अवार्ड प्रदान गरिएको हो।

हायस र एन्सेलोटी उत्कृष्ट
महिलातर्फ एमा हायास उत्कृष्ट प्रशिक्षक भइन्। उनले चेल्सीलाई सातौँ पटक डब्लुएसएल उपाधि दिलाएकी थिइन् भने अमेरिकालाई पेरिस ओलम्पिकमा स्वर्ण पदक दिलाएकी थिइन्।

पुरुषतर्फ रियल म्याड्रिडका कार्लोस एन्सेलोटी उत्कृष्ट भए। उनले जाभी अलान्सो, लुइस ला डे फुन्टे, पेप गुआर्डीओला, लियोनेल स्कोलानीलाई प्रतिस्पर्धामा पछि पारेका थिए। मतदानमा उनले २६ अङ्क भए भने अलान्सोले २२, फियुन्टेले ११, गुआर्डीओलाले १० तथा स्कोलानीले ४ अङ्क पाए।

लिजेन्ड अवार्ड
महिला लिजेन्ड अवार्ड पहिलो पटक ब्राजिलकी मार्टालाई प्रदान गरियो। पेरिस ओलम्पिक पछि ३८ वर्षको उमेरमा उनले सन्यास घोषणा गरेकी हुन्। १९ अन्तर्राष्ट्रिय गोल गरेकी उनले सोही ओलम्पिकमा दुई गोल गरेकी थिइन्।

अन्य अवार्ड
इन्टरमिलानका थिएगो माइयाले फेयर प्ले अवार्ड पाए। फरक जेनेटिक अवस्था भएकी भास्कोडीगामाकी गुलरेमो डे कान्डालाई उत्कृष्ट सपोर्टर अवार्ड प्रदान गरिएको थियो। अस्टन भिल्ला तथा अर्जेन्टिनाका एमिलियानो मार्टिनेज उत्कृष्ट पुरुष गोलरक्षक भए। अमेरिकालाई पेरिस ओलम्पिकको स्वर्ण पदक दिलाउने एलोसा नोयर महिलातर्फ उत्कृष्ट गोल रक्षक भइन्। स्रोतः फिफा र गोलडटकम

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ७ : ०५ बजे

केही कानुन संशोधन गर्न सरकारले ल्याएको अध्यादेशमा के छ ?

काठमाडाैं – सरकारले सार्वजनिक सेवा सहजीकरण गर्न भन्दै केही कानुनहरू

सरकारले ल्यायो केही कानुन संशोधन गर्न अध्यादेश

काठमाडौं – सार्वजनिक सेवा सहजीकरण गर्न भन्दै केही कानुनहरू संशोधन

पुल भाँचिदा अवरुद्ध राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलाको पुल

परिमार्जित श्रीस्वस्थानी व्रतकथा पुस्तक सार्वजनिक

काठमाडौं – पौष शुक्ल पूर्णिमा नजिकिएसँगै वैदिक सनातन हिन्दू धर्मावलम्बी

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं – बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । बैठक नियमित