मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प « Khabarhub

मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – आगामी ट्रम्प प्रशासनका महत्त्वपूर्ण पात्र एलन मस्क कुनै दिन राष्ट्रपति बन्न सक्ने सम्भावना नरहेको आइतबार अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले बताएका छन् ।

ट्रम्पले अमेरिकी नियमलाई इङ्गित गर्दै मस्कले अमेरिकी राष्ट्रपति लड्ने सम्भावना नरहेको बताएका हुन् ।

एरिजोनाको फिनिक्समा आयोजित रिपब्लिकन पार्टीको सम्मेलनमा ट्रम्पले भने, ‘उहाँ राष्ट्रपति हुनुहुने छैन । यो कुरा म तपाईँलाई भन्न सक्छु ।’

‘तपाईँलाई थाहा छ उहाँ किन अमेरिकी राष्ट्रपति हुन सक्नुहुन्न ? उहाँ यो देशमा जन्मनुभएको हैन’, ट्रम्पले टेस्ला र स्पेस एक्सका मालिकबारे भने, उहाँ दक्षिण अफ्रिकामा जन्मिनुभएको थियो । ‘

अमेरिकी संविधानमा राष्ट्रपति हुनका लागि अमेरिकामा जन्मेको अमेरिकी नागरिक हुनुपर्ने व्यवस्था छ ।

ट्रम्पले विशेष गरी डेमोक्र्याटिक समूहको आलोचनाको जवाफ दिँदै प्रविधि क्षेत्रका अर्बपति व्यवसायी र विश्वको सबैभन्दा धनी व्यक्तिलाई ‘राष्ट्रपति मस्क’ को रूपमा चित्रण गरेका थिए।

ट्रम्पको ‘दक्षताको शक्ति’ को रूपमा काम गर्ने मस्कको प्रभावले गर्दा डेमोक्र्याटिकहरूले मस्कविरोधी प्रचारलाई केन्द्रित गर्दै एक अनिर्वाचित नागरिकले कसरी यति धेरै शक्ति प्रयोग गर्न सक्छ भन्ने प्रश्नहरू उठाएका देखिन्छ ।

मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा २० करोडभन्दा बढी ‘शुभचिन्तक’ लाई यस हप्ता सरकारी कोषको प्रस्ताव बेकार भनेपछि यसले कतिपय रिपब्लिकनलाई समेत क्रुद्ध पारेको थियो ।

ट्रम्पका साथै मस्कले अन्ततः रिपब्लिकन सांसदलाई अमेरिकी काङ्ग्रेसमा कडा परिश्रम गरी सहमत भएको कोष विधेयक फिर्ता लिन दबाब दिएका थिए । यसले संयुक्त राज्य अमेरिकालाई बजेट अभावको सङ्घारमा धकेल्यो जसको परिणामस्वरूप क्रिसमसको केही दिन अघि सरकारल सेवाहरूलाई नियमित रूपमा अघि बढाउन कठिनाइ भयो ।

काङ्ग्रेसले शुक्रबारदेखि शनिबारसम्मको लगातारको पहलपछि एउटा सहमति गरेको छ र यसले सरकारी सेवाहरू व्यापक अवरोध हुनबाट जोगिएका थिए ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  १ : ०४ बजे

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

देवदह– दुई दिनसम्म परेको बेमौसमी वर्षाले रूपन्देहीमा ठूलो परिणाममा काँचो

मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्‍यै

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट

केन्द्रीय कारागारबाट फरार एकजना सिरहाबाट पक्राउ

सिरहा– गत भदौको ‘जेन–जी’ आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक जनालाई