चोरीको मोटरसाइकलसहित एकजना पक्राउ  | Khabarhub Khabarhub

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ 


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

रौतहट – रौतहट स्थित चोरीको मोटरसाईकलसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका १० का १९ वर्षीय आयुष चौधरी रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।

चन्द्रपुर  ९ सिंधुरेघारी स्थित स्थानिय रामकाजी गुरुङले गत १ गते राती आफ्नै घर आङगनमा पार्किङ गरी राखेको रोयल इन्फिल्ड कम्पनीको बा ८२ प ९६२६ नम्बरको बुलेट मोटरसाइकल चोरी भएको थियो।

पीडितको उजुरीको आधारमा  इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर बाट  गएको प्रहरी टोलीले खोज तलाश गर्दै जाने क्रममा गत ५ गते  वडा १० स्थितमा रहेको छट्टु चौधरीको बाँसघारी भित्र रहेको झाडीमा लुकाई  राखेको अवस्थामा मोटरसाईकल  बरामद गरेको डिएसपी राजकुमार राईले बताएका छन्।

मोटरसाईकल संगै आरोपी आयुष चौधरीलाई  पक्राउ गरी म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

पछिल्लो समय इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले मोटरसाईकल चोरीको घटना र लागूऔषध कारोवार नियन्त्रणमा तीव्रता दिएको छ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  १२ : ५४ बजे

ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

हेटौँडा– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै

पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता

काठमाडौं – साङ्घाइ को-अपरेशन अर्गनाइजेशन (एससिओ)द्वारा चीनको झेजियाङ प्रान्तको निङ्बो

जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं – परराष्ट्रमन्त्री मन्त्री डा. आरजु राणा देउवाले नेपाल र

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)