धरहरा सञ्चालनको एक महिनामा ५५ लाखको टिकट बिक्री | Khabarhub Khabarhub

धरहरा सञ्चालनको एक महिनामा ५५ लाखको टिकट बिक्री


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पुनः निर्माण पश्चात् धरहरा सशुल्क सञ्चालन भएको आज एक महिना पुगेको छ । यस अवधिमा प्रवेश शुल्कबापत रु ५५ लाख  संकलन भएको छ । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट हिजो सोमबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम संकलन भएको हो ।

कामु आयोजना निर्देशक प्रकाश अर्यालले प्रत्येक बुधबार धरहरा बन्द हुने र अन्य दिन दैनिक एक हजार दुई सयले धरहरा चढ्ने गरेको जानकारी दिए।

‘९ गतेदेखि हालसम्म ३१ हजार बढी नागरिकले धरहरा चढिसकेका छन् । जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्यांक राख्ने गरिएको छैन’, उनले भने, ‘बिहान साँढे १० देखि ३ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ । छोटो समयमा नागरिकको उल्लेख्य उपस्थिति देखियो ।’

पछिल्लो समय छिमेकीमूलकका पर्यटक पनि धरहरा अवलोकन गर्न आउने गरेका छन् ।

धरहरा चढ्न प्रतिव्यक्ति दुई सय शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ ।

 सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति रु एक हजार शुल्क छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति ९गठन० आदेश, २०८१ बमोजिम शुल्क लिई धरहरा सञ्चालनमा ल्याइएको हो । गत मङ्सिर ६ गतेको मन्त्रीपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क स्वीकृत गर्ने निर्णय गरेको थियो ।

यहाँ पार्किङ गर्दा चार पाङ्ग्रे सवारीका लागि प्रतिघण्टा २० र दुई पाङ्ग्रेलाई रु १० तोकिएको छ ।  धरहरा परिसरमा प्रवेशका लागि रु ५० निर्धारण गरिएको छ ।

धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा रु पाँच हजार तोकिएको छ । व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा रु एक हजार छ निर्धारण गरिएको छ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  २ : ०३ बजे

यस्तो अवस्थामा भेटियो कजाकस्तानमा दुर्घटनाग्रस्त जहाज (तस्बिरहरू)

बाकु- कजाकस्तामा एउटा यात्रुवाहक जहाज दुर्घटना हुँदा दर्जनौँ यात्रुले ज्यान

युक्रेनी ऊर्जा संयन्त्रमा रूसको भयानक हमला

एजेन्सी – रूसले युक्रेनको ऊर्जा संयन्त्रमा भयानक हमला गरेको छ

काठमाडौं आइपुगे सोनु निगम, हायातको चौरमा कन्सर्ट हुँदै

काठमाडौं- भारतका चर्चित गायक सोनु निगम बुधबार काठमाडौं आइपुगेका छन्

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, ४६ जनाको मृत्यु

एजेन्सी – अफगानिस्तानको पूर्वी सीमावर्ती प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा

‘सहकारी ठगीमा संलग्न जो कोहीलाई छोड्दैनौँ’

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी