कैलालीमा तीन लाख २४ हजार मेट्रिकटन धान उत्पादन « Khabarhub

कैलालीमा तीन लाख २४ हजार मेट्रिकटन धान उत्पादन


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

अत्तरिया – कैलालीमा यस वर्ष तीन लाख २४ हजार आठ सय ८४ मेट्रिकटन बर्खे धान उत्पादन भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको तुलनामा यस वर्ष झिनो मात्रामा बर्खे धान उत्पादनमा वृद्धि भएको हो ।

यस वर्ष ६८ हजार पाँच सय ४१ हेक्टर क्षेत्रफलमा बर्खे धानखेती गरिएकामा चार दशमलव ७४ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शंकरदत्त अवस्थीले जानकारी दिए।

उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष शून्य दशमलम दुई प्रतिशतले बर्खे धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष पनि सोही क्षेत्रफलमा धानखेती गरिएकामा तीन लाख २३ हजार दुई सय ८० मेट्रिकटन धान उत्पादन भएको उनले जानकारी दिए ।

उनले भने, ‘गत वर्ष र यस वर्ष बराबरी क्षेत्रफलमा बर्खे धानखेती गरिएको थियो, उत्पादन बढ्न सकेन, झिनो मात्रामा बढेको छ ।’ गत वर्ष धानको उत्पादकत्व चार दशमलव ७२ मेट्रिकटन प्रतिहेक्टर रहेको उनले बताए।

यस्तै जिल्लामा यस वर्ष छ हजार चार सय ६१ हेक्टर क्षेत्रफलमा मकैखेती गरिएकामा १५ हजार एक सय ९२ मेट्रिकटन मकै उत्पादन भएको उनले जानकारी दिए । सूचना अधिकारी अवस्थीका अनुसार जिल्लामा एक सय तीन हेक्टर क्षेत्रफलमा कोदोखेती गरिएकामा एक सय २७ मेट्रिकटन कोदो उत्पादन भएको छ ।

ज्ञान केन्द्रले उत्पादन बढाउनका लागि किसानलाई ५० प्रतिशत अनुदानमा मेसिनरी औजार, बीउबिजनलगायत उपलब्ध गराउँदै आएको उनको भनाइ छ । त्यस्तै किसानलाई तालिमसमेत दिने गरिएको सूचना अधिकारी अवस्थीले बताए ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ३ : ०५ बजे

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा