शेयर बजारमा १४ अंकको वृद्धि, कारोबार पनि बढ्यो  | Khabarhub Khabarhub

शेयर बजारमा १४ अंकको वृद्धि, कारोबार पनि बढ्यो 


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार शेयर बजार बढेको छ । आज नेपाल स्टक एक्सेच (नेप्से) १४.११ अंकले बढेर २६२६.३१ विन्दुमा पुगेको हो।

आज नेप्से ०.५४ प्रतिशतले बढ्दा कारोबार पनि बढेको छ । ५ अर्ब २० करोड २२ लाख ६३ हजार रुपैयाँ बराबरको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता शेयर किनबेच भएको छ ।

आज १६७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७१ वटा कम्पनीको शेयर मूल्य घटेको छ। ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१२ वटा कम्पनी कारोबारमा आउँदा ६४ हजार ९१७ पटक शेयर किनबेच भएको छ ।

यस्तै १३ वटा समूहमध्ये २ वटा समूह घटेको छ भने बाँकी ११ वटा समूह बढेको छ । उत्पादन तथा प्रशोधन समूह २.३२ प्रतिशतले घटेर ६ हजार ८२२.६१ विन्दुमा पुगेको छ भने ट्रेडिङ समूह ०.४५ प्रतिशतले घटेर ४ हजार ६१२.१५ विन्दुमा पुगेको छ ।

सबैभन्दा बढी विकास बैंक समूह १.७५ प्रतिशतले बढेर ५ हजार ५०३.०८ विन्दुमा पुगेको छ भने सबैभन्दा कम म्युचलुअल फण्ड समूह ०.११ प्रतिशतले बढेर २०.३५ विन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक समूह ०.७६ प्रतिशतले, फाइनान्स १.६२ प्रतिशतले, होटल तथा पर्यटन ०.९४ प्रतिशतले, हाइड्रोपावर ०.७१ प्रतिशतले, लगानी ०.९६ प्रतिशतले, जीवन बिमा ०.२८ प्रतिशतले, लघुवित्त ०.९५ प्रतिशतले, निर्जीवन बिमा ०।५६ प्रतिशतले र अन्य समूह ०.४९ प्रतिशतले बढेको छ ।

 

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ३ : २० बजे

विश्व व्यापार प्रणाली दुर्घटनाको जोखिममा : राष्ट्रसङ्घ प्रमुख

जेनेभा – उदीयमान राष्ट्रहरूको बढ्दो ऋण, भारी कर र वित्तीय

आइसल्यान्डमा पनि भेटियो लामखुट्टे

काठमाडौँ- आइसल्यान्डमा पहिलोपटक तीनवटा लामखुट्टे फेला परेका छन्। वैज्ञानिकले यसै

नेवार समुदायले आफ्नै पूजा गरी मनाए म्हपूजा

काठमाडौं – प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायले

रौतहटमा करेन्ट लागेर वडाध्यक्षको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको गौर

जलवायु परिवर्तनले संकटमा मनाङका चौँरी खर्क

मनाङ- हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–५ आइसलेक खर्कमा अहिले