रानी–धरान सडक कालोपत्रे हुने « Khabarhub

रानी–धरान सडक कालोपत्रे हुने


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

विराटनगर – विराटनगर महानगरपालिकाले विराटनगर–४ राजवंशी चोक पश्चिम पुल चोकदेखि वडा नं १३ को रानी–धरान सडकलाई कालोपत्रे गर्ने भएको छ ।

नहरको डिल हुँदै निर्मित उक्त सडक करिब रु चार करोडको लागतमा कालोपत्रे गर्न बोलपत्र आह्वान गरिएको थियो । उक्त बोलपत्र अनुसार ऐसी–सिसी र एलसी जेभीले तीन करोड ८२ लाखमा ठेक्का सम्झौता गरी काम सुरु गरिसकेका छन् ।

महानगरले सो सो सडकका लागि आवश्यक बजेट आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने प्रमुख नागेश कोइरालाले जानकारी दिए ।

सो सडक निर्माणपछि धरान–विराटनगर सडकमा देखिँदै आएको ट्राफिक समस्या केही मात्रामा भए कम हुने प्रमुख कोइरालाको भनाइ छ । गत भदौ ६ गते ठेक्का सम्झौता भएको सो सडकमा हाल ग्राभेलको काम भइरहेको छ । ठेक्का सम्झौता अनुसार पाँच दशमलव पाँच किलोमिटर सडक कालोपत्रे हुनेछ ।

यसअघि एयरपोर्ट रोडदेखि केशलिया रोडसम्म कालोपत्रे भइसकेको छ । आगामी भदौ ५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको महानगरका पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिए ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ५ : २७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै