सरकारलाई सर्वोच्चको प्रश्न : सहकारीपीडितको रकम फिर्ता गर्ने योजना के छ ? « Khabarhub

सरकारलाई सर्वोच्चको प्रश्न : सहकारीपीडितको रकम फिर्ता गर्ने योजना के छ ?


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारीपीडितको समस्याबारे सर्वोच्च अदालतले प्राथमिकताका साथ चासो राखेको छ । सहकारीपीडितको रकम फिर्ता गर्ने योजना के छ भन्दै अदालतले सरकारलाई प्रश्न सोधेको छ ।

सहकारीपीडितको समस्या समाधानमा सरकारले ध्यान नदिएको भन्दै बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीसमेतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि मंगलबार सुनुवाई गर्दै विभिन्न मन्त्रालयका सचिवहरुलाई माघ ७ गते अदालतमा छलफलका लागि आफैं उपस्थित हुन भनिएको छ ।

साथै सहकारीसम्बन्धी संसदीय समितिको प्रतिवेदन कार्यान्वयन भए–नभएको समेत जानकारी पेश गर्न अदालतले सरकारका नाममा आदेश दिएको छ ।

सहकारी पीडितसम्बन्धी यो मुद्दालाई हेर्दाहेर्दैको सूचीमा राखेर आगामी माघ ७ गते पेशीमा चढाई विपक्षी (सरकार) सँग छलफल गर्ने आदेश अदालतले जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले मंगलबार यस्तो आदेश दिएको हो ।

हेर्नुहोस् आदेशको व्यहोरा–

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ९ : ५६ बजे

अध्यक्ष बनेलगत्तै ओलीको आक्रमक सम्बोधन : यो सरकारसँग भिड्न तयार छौँ, परिआए ढालिदिन्छौँ

काठमाडौं- नेकपा (एमाले) का अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित केपी

एमालेको ११ औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित, भदौ २३–२४ का घटनाको निष्पक्ष छानबिन गर्न माग

काठमाडौं- नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनले राष्ट्रिय स्वाधीनता,

ओलीको उद्घोष : पार्टीलाई एकताबद्ध गरेर निर्णायक राष्ट्रिय शक्ति बनाउँछु

काठमाडौं- नेकपा एमालेका तेस्रो कार्यकाल अध्यक्ष भएका केपी शर्मा ओली

चलचित्र ‘कुमारी’को ‘तिमी बिना’ सार्वजनिक

काठमाडौं – माघ २३ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘कुमारी’को