काठमाडौं– विश्वभरका क्रिश्चियन धर्मावलम्बीले क्रिश्चियन धर्मका संस्थापक येशु क्रिष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाएका छन्।
यस दिनको अवसरमा नेपाली क्रिश्चियन समुदायले विभिन्न कार्यक्रम आयोजना गरी ‘क्रिसमस डे’ मनाए । सरकारले आज सार्वजनिक बिदासमेत दिएको थियो ।
आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु क्रिष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।
सोही अवसरमा राष्ट्रिय क्रिश्चियन महासंघ नेपालले काठमाडौँको नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा विभिन्न सांस्कृतिक, सम्मान, तथा शुभकामना आदानप्रदान कार्यक्रम योजना गरेको छ ।
प्रतिक्रिया