एमालेको ६ महिने कारबाहीमा परे बिन्दा पाण्डे र उषाकिरण तिमल्सिना | Khabarhub Khabarhub

एमालेको ६ महिने कारबाहीमा परे बिन्दा पाण्डे र उषाकिरण तिमल्सिना


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिमल्सिनाको जिम्मेवारी खोसेको छ ।

उनीहरू दुवैजनामध्ये पाण्डेलाई स्थायी कमिटीबाट  र तिमल्सिनालाई केन्द्रीय कमिटीबाट ६ महिनाका लागि निलम्बित गरिएको हो ।

बैठकले पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको छ।

‘पार्टी स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई हामीले स्पष्टीकरण सोधेका थियौँ’, एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बुधबार बसेको सचिवालय बैठकपछि भने, ‘तर उहाँहरूले गल्ती स्वीकारेको देखिएन । पार्टीको निर्देशनमा चल्न थप निर्देशन गर्दै उहाँहरूको जिम्मेवारी ६ महिनाका लागि स्थगित गरिएको छ ।’

भाटभटेनीका सुपरमार्केटका मालिक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन कीर्तपुरमा जग्गा लिने निर्णयको दुई नेतृले विरोध गरेका थिए । सार्वजनिक रुपमा गरेको विरोधैका कारण उनीहरूलाई ६ महिनाका लागि जिम्मेवारीबाट निलम्बन गरिएको हो ।

बुधाबरको बैठकमा दुई नेतृको एक-एक तह घटुवा गर्ने प्रस्ताव आएको थियो । तर, अन्तिममा जिम्मेवारीबाट निलम्बन गरिएको हो ।

यसअघि गत कात्तिक ४ गते बसेको सचिवालय बैठकले केन्द्रीय कार्यालय निर्माणका लागि प्राप्त भएको दाने जग्गाका विषयमा पार्टीको आधिकारिक निर्णयविपरीत अभिव्यक्ति दिनेहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

उक्त सचिवालय बैठकले पूर्व उपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यसपछि दुवै नेतृले स्पष्टीकरण बुझाएका थिए । त्यसमै चित्त नबुझेको भन्दै दुवैलाई ६ महिनाका लागि जिम्मेवारीबाट निलम्बन गरिएको हो ।

त्यस्तै पार्टीको आधिकारीक धारणाविपरीत सार्वजनिक रुपमा बोल्दै आएका पूर्वउपाध्यक्ष भीम रावललाई पनि स्पष्टीकरण सोध्ने निर्णय भएको थियो । तर रावलले पार्टीमा स्पष्टीकरण बुझाएका थिएनन् ।

मीनबहादुर गुरुङले दिएको जग्गाका सन्दर्भमा पाण्डे र तिमल्सिनाले सार्वजनिक रुपमै असहमति जनाएका थिए ।

गत असोज २५ गते प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा निर्माण हुने पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गरेका थिए । 

उद्यमी मीनबहादुर र सावित्री गुरुङले प्रदान गरेको १० रोपनी १४ आना जग्गामा  भवन निर्माण हुनेगरी भवनको शिलान्यस गरिएको थियो । च्यासलको पार्टी कार्यालयमा बाढीबाट क्षति भएपछि मैत्रीनगरमा नयाँ भवन निर्माण थालिएको थियो ।

उक्त जग्गादेखि भवन निर्माणको जिम्मेवारी मीनबहादुरले लिएका थिए। उनले एक वर्षभित्र भवन निर्माण गर्ने बचन त्यसबेला दिएका थिए । 

एमाले संगठित सदस्यको चन्दाले चलेको भन्दै बिन्दा र उषाकिरणले पार्टी कार्यालय ब्यापारीको पैसाबाट बनाउने निर्णयको विरोध गरेका थिए ।

विरोधपछि स्पष्टीकरण खाएका उनीहरूको कारबाही उक्त जग्गा प्रकरण सर्वोच्चमा पुगेपछि रोकिएको थियो । तर १ पुसमा सर्वोच्च अदालतले मीनबहादुर गुरुङले एमालेलाई दिएको जग्गादान विवादबारे परेको रिट खारेज गरिदियो ।

रिट परेपछि तीन नेतामाथि रोकिएको कारबाही सर्वोच्चको निर्णयपछि अघि बढेको हो । सर्वोच्च अदालतका न्यायाधीश न्यायाधीशद्वय बालकृष्ण ढकाल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइपछि पुस १ मा रिट खारेज हुने आदेश आयो ।

अधिवक्ता ज्ञानकुमार बस्नेतले दायर गरेको रिट खारेज भएसँगै अब कीर्तिपुर नगरपालिकास्थित मीनबहादुरले दिएको दाने जग्गामा एमालेको केन्द्रीय कार्यालय भवन बन्ने बाटो खुलेको थियो ।

त्यसअघि कात्तिक १२ गते सर्वोच्च अदालतले एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी गुरुङले कीर्तिपुर नगरपालिकास्थित १० रोपनी १४ आना जग्गादान प्रकरणमा अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले उक्त जग्गादानविरुद्ध अल्पकालीन अन्तरिम आदेश दिएसँगै मीनबहादुरको दाने जग्गामा भवन निर्माण रोकिएको थियो ।

त्यसयता पटक पटक पेशी सार्दै अल्झाएको सर्वोच्चले अन्तत: आदेश सार्वजनिक गर्दै एमाले र मीनबहादुर दुवैलाई राहत दिएको थियो ।

अल्पकालीन अन्तरिम आदेशका क्रममा लागि सर्वोच्चले रिट निवेदक तथा विपक्षी एमाले र मीनबहादुरलाई पनि छलफलका लागि झिकाएको थियो । दुवै पक्षसँग छलफल सकिसकेपछि सर्वोच्चले रिट नै खारेज गरिदिएको थियो ।

सुरुमा उक्त रिट सुरुमा सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो । तर त्यसपछि न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले प्रशासनको दरपीठ गर्ने निर्णय बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको थियो ।

भाटभटेनीका सञ्चालक गुरूङ र उनकी श्रीमती सावित्री गुरूङले काठमाडौंको कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरस्थित ढुंगेअड्डामा एमालेका लागि पार्टी कार्यालय बनाउन जग्गा दान गरेका थिए ।

पार्टी कार्यालय भवन बनाउन दान गरेको १० रोपनी १४ आना जग्गा असोज २५ गते प्रधानमन्त्री ओलीले शिलान्यास गरिसकेका छन् ।

१० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बनाइदिएर अर्को दसैँको घटनास्थापनामा साँचो हस्तान्तरण गर्ने गरी गुरुङले जिम्मा लिएका थिए ।

त्यहाँ ओलीसहितका एमाले नेताको उपस्थितिमा कार्यालय भवन शिलान्यास पनि भइसकेको छ । तर उक्त जग्गालाई लिएर एमाले नेतृत्वको चर्को आलोचना भएको थियो । अब आलोचना गर्ने दुवै नेतृलाई एमालेले कारबाही गरेको हो ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ६ : ३९ बजे

अस्ट्रेलिया र वेस्ट इन्डिज टेस्टमा बलर हाबी : एकै दिन १४ विकेट

ब्रिज टाउन – वेस्ट इन्डिज र अस्ट्रेलियाको पहिलो टेस्टमा बलर

विष्णुमती बगाएको कारबाट एक महिलाको उद्धार

काठमाडौं– काठमाडौंको विष्णुमती नदीले कारसहित बगाएकी एक महिलाको उद्धार गरिएको

जनकपुरमा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता

धनुषा– जनकपुरधाममा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु हुँदै छ

बाढीले बगाएर सवइञ्जिनियर रविन दाहालको मृत्यु

ललितपुर– ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको

भोक मार्ने ओखती उमार्ने असार

झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई सम्झिरहेको छु ।