एमालेको कारबाहीबारे उषाकिरणको टिप्पणी : पञ्चहरूकै नक्कल गरेछन् | Khabarhub Khabarhub

एमालेको कारबाहीबारे उषाकिरणको टिप्पणी : पञ्चहरूकै नक्कल गरेछन्


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मीनबहादुर गुरुङले दानमा दिएको जग्गामा पार्टी कार्यालय भवन बनाउन नहुने सार्वजनिक मत राखेकी केन्द्रीय सदस्य उषाकिरण तिमल्सिना एमालेको कारबाहीमा परेकी छन् ।

एमालेको दशौँ महाधिवेशनबाट नेतृत्वमा आएकामध्ये युवा नेतामा पर्ने उनी अध्यक्ष केपी शर्मा ओलीकी भने कट्टर आलोचक हुन्।

एमालेले च्यासलमा सचिवालय बैठक बसेर कारबाहीको निर्णय गर्दै गर्दा उनी गृहजिल्लामा ब्यस्त थिइन् ।

बुधबार उनी पार्टीले जिम्मेवारी दिएको नुवाकोट निर्वाचन क्षेत्र नं. १ अन्तर्गत शिवपुरी गाँउपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा ब्यस्त थिइन् । उनले उक्त कार्यक्रममा सकेर घर आइपुगेपछि आफूलाई कारबाही गरेको थाहा पाइन् ।

उनले एमालेको तल्लो तहका आमकार्यकर्ता, उनीहरूको लगाव, मिहिनेत र चासोको आफूलाई अगाध माया लाग्ने बताएकी छन् ।

कारबाहीबारेमा उनले छोटो प्रतिक्रिया दिँदै यसलाई पञ्चायती शैलीको भनेकी छन् । ‘गाउँमा पार्टीले दिएको जिम्मेवारी पूरा गर्दैगर्दा यता ६ महिना निलम्बनको निर्णय भएछ’, उनले भनेकी छन्, ‘पञ्चायतविरुद्ध लडेर आउनु भएका नेतृतवगणले पञ्चकै नक्कल नगर्नु भएको भए हुन्थ्यो ।’

एमालेले बुधबार उनीसँगै स्थायी कमिटी सदस्य बिन्दा पाण्डेलाई पनि ६ महिनाका लागि निलम्बन गरेको छ । उता पूर्वउपाध्यक्ष डा. भीम रावललाई भने पार्टीबाटै निष्कासन गरिएको छ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ८ : ०६ बजे

आज एघारौँ चुरे संरक्षण दिवस मनाइँदै

काठमाडौं– राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापनाले अवसर पारेर

सुदूरपश्चिम बजेट : ३३ अर्ब ४७ करोड, कृषि र पूर्वाधारमा जोड 

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि

इजरायलमा बिहानै इरानको मिसाइल प्रहार : जेरुसेलम र तेल अभिभमा उद्धार टोली

जेरुसेलम – इजरायलमा इरानले बिहानै मिसाइल प्रहार गरेको छ। तेल

वीरगञ्ज भन्सारबाट ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को ११ महिनामा

सडक सञ्जालमा जोडियो ढोरपाटन

म्याग्दी- म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको