एमालेको कारबाहीबारे उषाकिरणको टिप्पणी : पञ्चहरूकै नक्कल गरेछन् « Khabarhub

एमालेको कारबाहीबारे उषाकिरणको टिप्पणी : पञ्चहरूकै नक्कल गरेछन्


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मीनबहादुर गुरुङले दानमा दिएको जग्गामा पार्टी कार्यालय भवन बनाउन नहुने सार्वजनिक मत राखेकी केन्द्रीय सदस्य उषाकिरण तिमल्सिना एमालेको कारबाहीमा परेकी छन् ।

एमालेको दशौँ महाधिवेशनबाट नेतृत्वमा आएकामध्ये युवा नेतामा पर्ने उनी अध्यक्ष केपी शर्मा ओलीकी भने कट्टर आलोचक हुन्।

एमालेले च्यासलमा सचिवालय बैठक बसेर कारबाहीको निर्णय गर्दै गर्दा उनी गृहजिल्लामा ब्यस्त थिइन् ।

बुधबार उनी पार्टीले जिम्मेवारी दिएको नुवाकोट निर्वाचन क्षेत्र नं. १ अन्तर्गत शिवपुरी गाँउपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा ब्यस्त थिइन् । उनले उक्त कार्यक्रममा सकेर घर आइपुगेपछि आफूलाई कारबाही गरेको थाहा पाइन् ।

उनले एमालेको तल्लो तहका आमकार्यकर्ता, उनीहरूको लगाव, मिहिनेत र चासोको आफूलाई अगाध माया लाग्ने बताएकी छन् ।

कारबाहीबारेमा उनले छोटो प्रतिक्रिया दिँदै यसलाई पञ्चायती शैलीको भनेकी छन् । ‘गाउँमा पार्टीले दिएको जिम्मेवारी पूरा गर्दैगर्दा यता ६ महिना निलम्बनको निर्णय भएछ’, उनले भनेकी छन्, ‘पञ्चायतविरुद्ध लडेर आउनु भएका नेतृतवगणले पञ्चकै नक्कल नगर्नु भएको भए हुन्थ्यो ।’

एमालेले बुधबार उनीसँगै स्थायी कमिटी सदस्य बिन्दा पाण्डेलाई पनि ६ महिनाका लागि निलम्बन गरेको छ । उता पूर्वउपाध्यक्ष डा. भीम रावललाई भने पार्टीबाटै निष्कासन गरिएको छ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ८ : ०६ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन