आज २०८१ साल पुस ११ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल पुस ११ गते बिहीबारको राशिफल


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल पुस ११ गते बिहीबार तदनुसार सन् २०२४ डिसेम्बर २६ तारिख। पौष कृष्ण पक्षको एकादशी तिथि। सफला एकादशी व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : मन खुशी रहनेछ। स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ। विपक्षीमाथि विजय प्राप्त हुनेछ। अनुत्पादक क्षेत्रको लगानी कटौती गर्नुपर्नेछ। साथीभाइले सहयोग गर्नेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। मन अशान्त बन्नेछ। पढाइमा मन नजाँदा निराशा बढ्नेछ। बौद्धिक व्यक्तिको सल्लाह लिएर अगाडि बढ्दा फाइदा हुनेछ। साथीभाइले सहयोग गर्नेछन्।

मिथुन : मन अशान्त रहनेछ। साना कुरामा निराशा बढ्नेछ। मनमा भएका असन्तुष्टि साथीलाई सुनाएमा मन शान्त हुनेछ। परिवारमा विवाद गरेमा घाटा हुनेछ। वैदेशिक क्षेत्रको लगानीमा फाइदा हुनेछ।

कर्कट : दिन सामान्य छ। साथीसँग बोल्दा सोच्नुपर्ने हुन्छ। परिवारसँग बसेर रमाइलो गर्ने समय छ। राजनीतिक क्षेत्रमा भने साथीले सहयोग गर्नेछन्। लामो दूरीको यात्रा तय हुनेछ।

सिंह : मन असन्तुष्टि बढ्नेछ। साना कुरामा अल्झनु भन्दा महत्त्वपूर्ण काममा समय दिएमा फाइदा हुनेछ। मनमा खटपटी बढे पनि दिनको समयमा महत्त्वपूर्ण काम बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ।

कन्या : दिन राम्रो छ। धनलक्ष्मी योगलाई सदुपयोग गर्नुपर्नेछ। साथीभाइले तपाईंको पक्षमा काम गर्नेछन्। व्यापारमा लगानी गर्ने भए तपाईंका लागि दिन अनुकुल छ। परिवारमा सुख प्राप्त हुनेछ। दाम्पत्य जीवन सफल बन्नेछ।

तुला : दिन सामान्य छ। अनुत्पादक क्षेत्रमा खर्च गर्ने बानीले परिवारमा विवाद हुनसक्छ। सामाजिक काममा सक्रिय हुँदा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ। परोपरकार गर्ने बानीले आफ्नो समय र धनसमेत खर्च हुनेछ।

वृश्चिक : व्यापारमा फाइदा हुनेछ। घरमा परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। सानो कुरामा अल्झिएमा मन अशान्त बन्नेछ। परिवारबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनु : दिन राम्रो भएकाले सोचेको काम बन्नेछ। साथीभाइ र सहकर्मीले तपाईंको योजनामा साथ दिनेछन्। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। राज्यका उच्च व्यक्तिबाट हौसला प्राप्त हुँदा दिन सहज बन्नेछ।

मकर : कम बोल्ने बानीले मानसिक चिन्ता बढ्नेछ। व्यवसायमा सोचेको जस्तो आम्दानी नहुने जोखिम छ। राज्यको माथिल्लो तहबाट भय र त्रास बढ्नेछ। दान गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

कुम्भ : मन अशान्त रहेकाले स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्नेछ। तपाईंको हातबाट गरेको लगानीले घाटा हुने जोखिम रहेकाले संयुक्त लगानी गर्नु राम्रो हुनेछ। बिहान शिवको भजन सुनेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

मीन : लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। दुई पाङ्ग्रे सवारी साधनमा पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। स्वास्थ्यमा देखिएको समस्याको समाधान हुनेछ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ५ : ११ बजे

म्यान्मा : चुनाव ‘अवरोध’ आरोपमा सयौँमाथि मुद्दा चलाउने तयारी

एजेन्सी– म्यान्माको सैन्य जुन्ताले बुधबार सेनाद्वारा सञ्चालित आगामी चुनावलाई ‘अवरोध’

मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन

बनियानी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक,

ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१

भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थप्न  सरकारलाई आग्रह

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिन

सशस्त्र प्रहरी बलको नं. २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

ललितपुर– ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी