क्रिसमसमा युक्रेनको ऊर्जा केन्द्रमा रुसी आक्रमण « Khabarhub

क्रिसमसमा युक्रेनको ऊर्जा केन्द्रमा रुसी आक्रमण

सहयोगलाई निरन्तरता दिन बाइडेनको निर्देशन


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – युक्रेनका राष्ट्रपति भालाडोमिर जेलेन्सकीले रुसले क्रिसमसकै दिन पारेर ऊर्जा केन्द्रमा गरेको आक्रमणलाई मानवता विरोधी अपराधको पराकाष्ठाको संज्ञा दिएका छन्।

युक्रेनी हवाई सेनाले रुसले १८४ मिसाइल तथा ड्रोन प्रहार गरेको जनाएको छ। आक्रमणबाट ज्यान गए पनि मर्नेको सङ्ख्या यकिन छैन।

यस वर्ष रुसले युक्रेनमाथि १३ वटा आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनामा प्रतिक्रिया दिँदै युक्रेनी जनतालाई जाडो याममा विद्युत् र तातोबाट टाढा राख्नका लागि गरिएको यो आक्रमण निन्दनीय भएको बताए।

२० जनवरीमा पदबाट बिदा हुँदै गरेका बाइडेनले अमेरिकाको रक्षा विभागलाई युक्रेनलाई निरन्तर हतियार सहयोग गर्नका लागि समेत निर्देशन दिएका छन्।

सेप्टेम्बर महिनामा नै जेलेन्सकीले युक्रेनका ८० प्रतिशत ऊर्जा केन्द्र आक्रमणमा परेको जनाएका छन्। जेलेन्सकीले यो पटकको आक्रमण संवेदनशील समयमा भएको बताए।

जेलेन्सकीले रसियनलाई अमानवको संज्ञा दिँदै संरचना पुनःनिर्माण गर्न आफूहरू लागि परेको बताए।

जुलियन क्यालेन्डर मान्ने युक्रेनले ७ जनवरीमा क्रिसमस मनाउने भए पनि दोस्रो पटक २५ डिसेम्बरका दिन क्रिसमस मनाएको हो।

युक्रेनको दोस्रो ठुलो सहर खार्किभमा ५ लाख मानिस अहिले अँध्यारोमा बसीरहेका छन्। त्यहाँ पिउने पानीको अभाव छ भने चिसोले कठ्याङ्ग्रिन थालेका छन्।

अहिले किभमा बासिन्दा समेत आक्रमणको डरले रेल्वे स्टेसनमा तयार पारिएको सेल्टरमा बसी रहेका छन्। रुसले आक्रमण गर्दा माल्डोभाको ऊर्जा केन्द्रमा समेत असर गरेको छ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ६ : ४५ बजे

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा