मोजाम्बिकमा जेलबाट १५ सय कैदी फरार « Khabarhub

मोजाम्बिकमा जेलबाट १५ सय कैदी फरार


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

मोजाम्बिक – मोजाम्बिकमा भइरहेको राजनीतिक अशान्तिको फाइदा लिँदै १५ सय कैदीहरू जेलबाट भागेका छन्। त्यहाँ सम्पन्न निर्वाचनको परिणामलाई लिएर झडप भइरहेको समयमा नै सो आक्रमण भएको हो। प्रहरीले दिएको जानकारी अनुसार सुरक्षा गार्डसँगै भएको भिडन्तमा ३३ जना मारिए भने १५ जना घाइते भए।

भागी सकेका १५० जनालाई भने फेरि पक्रिएको छ। गत अक्टोबरमा भएको निर्वाचनको परिणामको विषयमा त्यहाँ कानुनी लडाइँ चलिरहेको थियो। अदालतले सन् १९७५ देखि सत्ता चलाइरहेको फ्रेलिमो पार्टीले नै जित हात पारेको निर्णय भएपछि धेरै अशान्ति भएको हो।

बुधबार राजधानी मापुटोमा सरकार विरोधी प्रदर्शनकर्ता पुगेका थिए। कैदीले आफूलाई त्यहाँबाट बचाउनका लागि सुरक्षाकर्मीसँग झडप गरेका हुन्।

सत्तारुढ दलका डानियल चापोले अक्टोबरमा भएको निर्वाचनमा जित हात पारेको जनाइएको थियो। सोमबार संवैधानिक अदालतले पनि उनैलाई विजयै घोषणा गरेको हो।

अक्टोबरमा भएको निर्वाचनमा चापोले ७१ प्रतिशत तथा उनका मुख्य प्रतिद्वन्द्वी भेनान्सियो मोन्डलाइनले २० प्रतिशत मत पाएका थिए। अहिले संवैधानिक अदालतले गरेको निर्णय अनुसार चापोले ६५ तथा मोन्डलाइनले २४ प्रतिशत मत पाएका हुन्।

सोमबार सोही घोषणापछि भएको हिंसामा कुल २१ जनाको ज्यान गएको त्यहाँको प्रहरीले जनाएका छन्।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ७ : २९ बजे

रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस

रावल आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो ८ सदस्यीय समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन