भोजपुरमा स्कोर्पिओ दुर्घटना, एकजनाको मृत्यु, तीनको अवस्था गम्भीर « Khabarhub

भोजपुरमा स्कोर्पिओ दुर्घटना, एकजनाको मृत्यु, तीनको अवस्था गम्भीर


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

भोजपुर- भोजपुरमा एउटा स्कोर्पिओ दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । सदरमुकामबाट ट्याम्केडाँडा घुम्न हिँडेका यात्रु सवार स्कोर्पिओ बिहीबार भोजपुर नगरपालिका–५, बोखिमस्थित डाडाँटोलमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।

प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कोर्पिओ दुर्घटना हुँदा झापाको गौरादह नगरपालिका–७ निवासी झम्कबहादुर घलेको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दीपक श्रेष्ठले दुर्घटनाम अन्य तीनजना गम्भीर घाइते भएको बताए ।

चालकसहित १० जना सवार उक्त स्कोर्पिओ अनियन्त्रित भई सडकबाट २५० मिटर तल खसेको । दुर्घटनामा गम्भीर घाइते तीनजनालाई हेलिकप्टरमार्फत् काठमाडौं पठाइएको छ ।

दुर्घटनामा गम्भीर घाइते भोजपुर नगरपालिका–५ की लाक्पादिकी शेर्पा, रामकुमार राई र सुनसरीको धरान उपमहानगरपालिका–२ की इहायाराना सुब्बालाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । अन्य घाइतेको भोजपुर अस्पतालमा उपचार हुँदैछ ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  १२ : ३९ बजे

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति