छेङ्दुबाट पोखरा आइपुग्यो चिनियाँ चार्टर्ड विमान | Khabarhub Khabarhub

छेङ्दुबाट पोखरा आइपुग्यो चिनियाँ चार्टर्ड विमान


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

पोखरा- चीनबाट एउटा चार्टर्ड विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको । सिचुआन एअरलाइन्सको विमान बिहान पौने १० बजे पोखरा विमानस्थलमा अवतरण गरेको हो ।

उक्त विमानमा आगामी आइतबारदेखि हुन लागेको अन्तर्राष्ट्रिय ड्रागन डुंगा दौड प्रतियोगिता २०२४ मा सहभागी हुने प्रतियोगीलगायत सरकारी तथा गैरसरकारी अधिकारी, सञ्चारकर्मी आएका छन् ।

आयोजक संस्थाका तर्फबाट शनिबार साँझ पोखरा इभेन्ट सेन्टरमा सहभागीहरूको सम्मानमा रात्रिभोज आयोजना गरिँदै छ ।

ड्रागन बोट फेस्टिभलको दोस्रो संस्करणमा नेपालबाट ११ समूह, चीनबाट ८ र सिंगापुरबाट १ समूह गरी २० समूहमा भाग लिँदैछन् ।

२ सय मिटर र ५ सय मिटर दूरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दुरीका प्रथम हुने विजेता समूहले ५ हजार अमेरिकी डलर, उपविजेताले २ हजार डलर र तृतीयले १ हजार २ सय डलर पुरस्कार पाउने छन् । सहभागी बाँकी १७ समूहलाई प्रतिसमूह ५ सय डलर दिइनेछ।

आइतबार बिहान ९ बजे लेक साइडमा अन्तर्राष्ट्रिय डुंगा दौड प्रतियोगिता २०२४ को औपचारिक सुरुवात हुँदैछ । प्रतियोगिताअन्तर्गत बिहान पौने १० बजे २०० मीटर र ११ बजे पाँच सय मिटर सोझो डुंगा दौड हुनेछ ।

सोमबार बिहान साढे ९ बजेबाट २०० मिटरको सेमिफाइनल र १० बजे फाइनल दौड हुने छ ।

साढे १० बजे पाँच सय मिटरको सेमिफाइनल, सवा ११ बजे पाँच सय मिटरको फाइनल र पौने १२ बजे पुरस्कार तथा समापन समारोह आयोजना गरिने छ ।

_cuva

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  १२ : ४९ बजे

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल

गगन थापा भन्छन् : शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई

रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा

काठमाडौं – गृहमन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा गरेको छ

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी