छेङ्दुबाट पोखरा आइपुग्यो चिनियाँ चार्टर्ड विमान « Khabarhub

छेङ्दुबाट पोखरा आइपुग्यो चिनियाँ चार्टर्ड विमान


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

पोखरा- चीनबाट एउटा चार्टर्ड विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको । सिचुआन एअरलाइन्सको विमान बिहान पौने १० बजे पोखरा विमानस्थलमा अवतरण गरेको हो ।

उक्त विमानमा आगामी आइतबारदेखि हुन लागेको अन्तर्राष्ट्रिय ड्रागन डुंगा दौड प्रतियोगिता २०२४ मा सहभागी हुने प्रतियोगीलगायत सरकारी तथा गैरसरकारी अधिकारी, सञ्चारकर्मी आएका छन् ।

आयोजक संस्थाका तर्फबाट शनिबार साँझ पोखरा इभेन्ट सेन्टरमा सहभागीहरूको सम्मानमा रात्रिभोज आयोजना गरिँदै छ ।

ड्रागन बोट फेस्टिभलको दोस्रो संस्करणमा नेपालबाट ११ समूह, चीनबाट ८ र सिंगापुरबाट १ समूह गरी २० समूहमा भाग लिँदैछन् ।

२ सय मिटर र ५ सय मिटर दूरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दुरीका प्रथम हुने विजेता समूहले ५ हजार अमेरिकी डलर, उपविजेताले २ हजार डलर र तृतीयले १ हजार २ सय डलर पुरस्कार पाउने छन् । सहभागी बाँकी १७ समूहलाई प्रतिसमूह ५ सय डलर दिइनेछ।

आइतबार बिहान ९ बजे लेक साइडमा अन्तर्राष्ट्रिय डुंगा दौड प्रतियोगिता २०२४ को औपचारिक सुरुवात हुँदैछ । प्रतियोगिताअन्तर्गत बिहान पौने १० बजे २०० मीटर र ११ बजे पाँच सय मिटर सोझो डुंगा दौड हुनेछ ।

सोमबार बिहान साढे ९ बजेबाट २०० मिटरको सेमिफाइनल र १० बजे फाइनल दौड हुने छ ।

साढे १० बजे पाँच सय मिटरको सेमिफाइनल, सवा ११ बजे पाँच सय मिटरको फाइनल र पौने १२ बजे पुरस्कार तथा समापन समारोह आयोजना गरिने छ ।

_cuva

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  १२ : ४९ बजे

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति