पर्यटनमन्त्री भट्टराईले गरे देवघाटधामको अवलोकन « Khabarhub

पर्यटनमन्त्री भट्टराईले गरे देवघाटधामको अवलोकन


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बुधबार देवघाटधामको स्थलगत अवलोकन गरेका छन् । उनले देवघाटधामको अवलोकनसँगै निर्देशनसमेत दिए ।

मन्त्री भट्टराईले देवघाटको विकासमा मन्त्रालय प्रतिबद्ध रहेको बताए । उनले भने, “स्थानीय तह, प्रदेश सरकार र मन्त्रालयको समन्वयमा देवघाटको विकास गर्नुपर्छ, मन्त्रालयका तर्फबाट सक्दो सहयोग हुन्छ ।” उनले छिट्टै स्थानीय तह, प्रदेश सरकार र मन्त्रालयबीच देवघाटको विकासका लागि छलफल आयोजना गरिने बताए ।

सो अवसरमा देवघाटको अवस्था र समस्याका बारेमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले मन्त्री भट्टराईलाई जानकारी गराए । उनले बजेट अभावमा गुरुयोजनाअनुसार काम गर्न समस्या भएको बताए । देवघाटको विकास गठन आदेशबाट मात्र सम्भव नहुने भन्दै छुट्टै ऐनको व्यवस्था गर्न उनले माग गरे ।

मन्त्री भट्टराईले देवघाटमा निर्माणाधीन रहेको शवदाह गृहको समेत निरीक्षण गरेका थिए । उनले गलेश्वर आश्रममा सामूहिक भोजन ग्रहण गरेका थिए ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ९ : १६ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको