मदन–शीला सम्मान राष्ट्रकवि घिमिरेलाई | Khabarhub Khabarhub

मदन–शीला सम्मान राष्ट्रकवि घिमिरेलाई


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मदन–शीला प्रतिष्ठानले राष्ट्रकवि माधव घिमिरेलाई मदन–शीला स्रष्टा सम्मान–२०७५ दिने निर्णय गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीको अध्यक्षतामा बुधबार बसेको बैठकले सो निर्णय गरेको हो । सो सम्मानको राशि रु एक लाख एक हजार र सम्मानपत्र रहेको छ ।

त्यस्तै बैठकले नेपाली साहित्य सम्मेलन दार्जिलिङबाट प्रकाशन हुने ‘दियालो’ साहित्यिक पत्रिका र काठमाडौँबाट प्रकाशन हुने ‘उन्नयन’ त्रैमासिकलाई मदन–शीला साहित्यिक पत्रकारिता सम्मान–२०७५ बाट सम्मान गर्ने पनि निर्णय गरेको छ । सो सम्मानको राशि जनही रु ५० हजारको रहेको छ ।

संस्थाले नेपाली साहित्यक क्षेत्रको विकासमा कार्यरत तथा साहित्यिक तथा साहित्यिक पत्रकारिताका क्षेत्रमा विशेष योगदान दिने प्रतिभावान् व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको छ ।

गत वर्षको मदन–शीला स्रष्टा सम्मान–२०७४ भाषाशास्त्री बालकृष्ण पोखरेललाई प्रदान गरिएको थियो । हालसम्म सो सम्मानबाट मदनमणि दीक्षित, प्रेमा शाह तथा किरण खरेललाई प्राप्त प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ९ : ४९ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण