‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमरराज कैनीको भूमिका महत्त्वपूर्ण छ’ « Khabarhub

‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमरराज कैनीको भूमिका महत्त्वपूर्ण छ’


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमरराज कैनीको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

तनहुँको व्यास नगरपालिका–२ निवासी पूर्वराज्यमन्त्री एवं कांग्रेस नेता अमरराज कैनीद्वारा लिखित ‘आफ्नै विगत नियाल्दा, प्रजातन्त्रको सौन्दर्य र अविस्मृत विम्बहरू’ पुस्तकको आज दमौलीमा विमोचन गर्दै स्वास्थ्यमन्त्री पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलन, कांग्रेस पार्टीको सुदृढीकरणमा कैनीको भूमिकालाई बिर्सन नमिल्ने बताए ।

उनले भने, ‘देश र पार्टीका लागि उनले खेलेको भूमिकालाई हामीले बिर्सन मिल्दैन ।’ स्वास्थ्यमन्त्री पौडेलले कैनीले लेखेको पुस्तक अध्ययनका लागि महत्त्वपूर्ण स्रोत हुने बताए ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले कैनीको योगदानका बारेमा चर्चा गरेका थिए ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ६ : ०२ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल