यस वर्षको हात्ती सुन्दरी बनिन् बिजुलीकली (तस्बिरहरू) « Khabarhub

यस वर्षको हात्ती सुन्दरी बनिन् बिजुलीकली (तस्बिरहरू)


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

चितवन- सौराहामा बिहीबारदेखि हात्ती तथा पर्यटन महोत्सव सुरू भएको छ ।

क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको सन्दर्भमा क्षेत्रीय होटल संघ (हान) सौराहाले सन् २००५ देखि हात्ती महोत्सव गरिरहेको छ।

यो १८ औँ हात्ती महोत्सव हो । सौराहानजिकैको बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा पुस १५ गतेसम्म महोत्सव हुने छ ।

महोत्सवमा हात्तीका विभिन्न खेल र मनोरञ्जनात्मक गतिविधि देखाउने गरिन्छ ।

उक्त महोत्सवका अवसरमा शुक्रबार हात्ती सुन्दरी प्रतियोगिता गरिएको छ। उक्त प्रतियोगितामा दर्जनभन्दा बढी हात्ती सहभागी थिए ।

हात्ती सुन्दरी प्रतियोगिताको उपाधि २५ वर्षीया ‘बिजुलीकली’ले जितेकी छन् ।

प्रतियोगितामा शृङ्गार, चालचलन, अनुशासन, आज्ञाकारी, हिँडाइको चाल, स्वास्थ्यलगायत उनी सर्वोत्त्कृष्ट हुँदै उपाधि जितेकी हुन् ।

तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ६ : १० बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको