गुणस्तरीय बीउबिजनमा कृषकको पहुँच बढाउनुपर्छ : मन्त्री अधिकारी « Khabarhub

गुणस्तरीय बीउबिजनमा कृषकको पहुँच बढाउनुपर्छ : मन्त्री अधिकारी


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बीउबिजनमा कृषकको पहुँच बढाउन आवश्यक रहेको बताएका छन् ।

नेपाल बीउ व्यवसायी सङ्घको २६ औँ साधरणसभा तथा अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले कृषि क्षेत्रको आधार स्तम्भ बीउ भएकाले समयमै गुणस्तरीय बीउ किसानलाई उपलब्ध गराउन व्यवसायीले ध्यान पुर्‍याउन आवश्यक रहेको बताए ।

आमनागरिकको घर खेतसम्म बीउ पुग्ने र यस्मा समस्या देखिँदा खाद्य सङ्कट समेत आउन सक्ने भएकाले बीउबिजनमा काम गर्नेहरू थप संवेदनशील हुन जरूरी रहेको मन्त्री अधिकारीले बताए ।

गुणस्तरीय बीउबिजनमा कृषकको पहुँच बढाउन सरकारले कानूनी, संरचनागत तथा संस्थागत प्रवन्धहरू विगतदेखि नै गर्दै आइरहेको भन्दै बीउबिजन ऐन, २०४५ तथा बीउबिजन नियमावली, २०८१ मा भएका नयाँव्यवस्था निजी क्षेत्रमैत्री रहेको पनि बताए ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ८ : ४९ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको