भारतमा स्मार्टफोन बनाउन भिभो र डिक्सनबीच सहकार्य « Khabarhub

भारतमा स्मार्टफोन बनाउन भिभो र डिक्सनबीच सहकार्य


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा स्मार्टफोन निर्माण गर्नका लागि चिनियाँ प्राविधिक उपकरण कम्पनी भिभो र भारतीय कम्पनी डिक्सन टेक्नोलोजीले सहकार्य गर्ने भएका छन् । भारतमा स्मार्टफोन उत्पादन गर्नका लागि दुई कम्पनीले संयुक्त रुपमा व्यवसाय थाल्न आँटेका हुन् ।

संयुक्त व्यवसायमा डिक्सन टेक्नोलोजीको बहुमत स्वामित्व रहने जनाइएको छ । भारतीय आर्थिक अनलाइन पोर्टल इकोनोमिक टाइम्सका अनुसार नयाँ व्यवसायमा डिक्सनको स्वामित्व ५१ प्रतिशत रहनेछ भने भिभोको स्वामित्व ४९ प्रतिशत रहनेछ ।

हाल भारत सरकारले भारतमा उपकरण उत्पादन गर्न चाहने चिनियाँ कम्पनीलाई भारतीय कम्पनीसँग सहकार्य गर्न प्रोत्साहन गर्ने नीति लिएको छ । सोही नीतिअनुसार दुई कम्पनीबीच सहकार्य भएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

डिक्सनले सामसुङ, सिओमी, मोटोरोला, ओप्पो, गुगल, नथिङजस्ता कम्पनीका लागि पनि स्मार्टफोन उत्पादन गर्दै आएको छ । भिभोले भारतीय बजारमा विगत १० वर्षदेखि सेवा दिँदै आएको छ । यस कम्पनीले हालै ग्रेटर नोयडा क्षेत्रमा ३ हजार करोड भारतीय रुपैयाँ लगानीमा १ सय ७० एकड क्षेत्रफलमा कारखाना स्थापना गरेको छ ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ६ : २४ बजे

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी