सुर्खेतको इतिवृत–२’ विमोचित « Khabarhub

सुर्खेतको इतिवृत–२’ विमोचित


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कर्णाली – पत्रकार सुशीलराज शर्माद्वारा लिखित ‘सुर्खेतको इतिवृत्त–२’ विमोचन गरिएको छ । पत्रकार महासङ्घ शाखा सुर्खेतका नवनिर्वाचित अध्यक्ष शर्माद्वारा लिखित पुस्तकको आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विमोचन गरे।

त्यस अवसरमा मुख्यमन्त्री कँडेलले पुस्तकमा दस्ताबेजीकरण गरिएका तथ्यका सुर्खेत जिल्लाको विकास नीति तय गर्न सहयोगी हुने विश्वास व्यक्त गरे । उनले हरेक प्राज्ञिक र तथ्यगत लेखनले नीति निर्माणका साथै समाज रूपान्तरणमा सहयोग पुग्ने धारणा राखे ।

पुस्तकमा सुर्खेत जिल्लाको पुरातात्विक, सांस्कृतिक, सामाजिक, भौगोलिक, प्रशासनिक, राजनीतिक, जनसाङ्ख्यिक अवस्था तथा जनविश्वास र मूल्यलाई लिपिबद्ध गरिएको छ । त्यसैगरी, जिल्लाको शिक्षा, खेलकुद, कला, साहित्य, सङ्गीतलगायतका विविध पाटोलाई तथ्यपरक ढङ्गबाट पुस्तकमा चर्चा गरिएको छ ।

शर्माले यसअघि ‘सुर्खेतको इतिवृत्त–१’ प्रकाशन गरिसक्नुभएको छ । यो पुस्तक अङ्ग्रेजी र नेपाली भाषामा लेखिएको छ ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ८ : १४ बजे

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो

स्ट्रेट अफ हर्मुजमा नाकाबन्दी जारी रहने ट्रम्पको उद्घोष

वाशिङगटन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज नाकाबन्दी