सुर्खेतको इतिवृत–२’ विमोचित | Khabarhub Khabarhub

सुर्खेतको इतिवृत–२’ विमोचित


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कर्णाली – पत्रकार सुशीलराज शर्माद्वारा लिखित ‘सुर्खेतको इतिवृत्त–२’ विमोचन गरिएको छ । पत्रकार महासङ्घ शाखा सुर्खेतका नवनिर्वाचित अध्यक्ष शर्माद्वारा लिखित पुस्तकको आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विमोचन गरे।

त्यस अवसरमा मुख्यमन्त्री कँडेलले पुस्तकमा दस्ताबेजीकरण गरिएका तथ्यका सुर्खेत जिल्लाको विकास नीति तय गर्न सहयोगी हुने विश्वास व्यक्त गरे । उनले हरेक प्राज्ञिक र तथ्यगत लेखनले नीति निर्माणका साथै समाज रूपान्तरणमा सहयोग पुग्ने धारणा राखे ।

पुस्तकमा सुर्खेत जिल्लाको पुरातात्विक, सांस्कृतिक, सामाजिक, भौगोलिक, प्रशासनिक, राजनीतिक, जनसाङ्ख्यिक अवस्था तथा जनविश्वास र मूल्यलाई लिपिबद्ध गरिएको छ । त्यसैगरी, जिल्लाको शिक्षा, खेलकुद, कला, साहित्य, सङ्गीतलगायतका विविध पाटोलाई तथ्यपरक ढङ्गबाट पुस्तकमा चर्चा गरिएको छ ।

शर्माले यसअघि ‘सुर्खेतको इतिवृत्त–१’ प्रकाशन गरिसक्नुभएको छ । यो पुस्तक अङ्ग्रेजी र नेपाली भाषामा लेखिएको छ ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ८ : १४ बजे

धुलिखेल–सूर्यविनायक सडकमा रोकिएको विस्तार कार्य सुरु

काभ्रेपलाञ्चोक – वर्षाका कारण रोकिएको अरनिको राजमार्गअन्तर्गत सूर्यबिनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नतिको

उखु किसानलाई अनुदान रकम अविलम्ब भुक्तान गर्नुपर्छः नेपाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

प्रदेश आमसञ्चार विधेयकबारे सरोकार भएकाहरूका चासोप्रति गम्भीर छौँ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश आमसञ्चार

राहुल गान्धीको आरोप – भारतमा चुनावको मिति भाजपाले तोक्ने गरेको छ

एजेन्सी – भारतीय कांग्रेसका नेता तथा लोकसभाका प्रमुख प्रतिपक्षी नेता