पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा सञ्चारमन्त्रीले लगाए पर्यटमन्त्रीलाई दोष « Khabarhub

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा सञ्चारमन्त्रीले लगाए पर्यटमन्त्रीलाई दोष


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

पोखरा- सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउनु दुःखको कुरा भएको बताएका छन् ।

पोखरामा शनिबारदेखि सुरु भएको २६ औँ सडक महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे सरकारले २० बुँदे कार्ययोजना पारित गरेको २–३ महिना हुँदा पनि कार्यान्वयन नभएको भन्दै आलोचना गरेका छन ।

२० बुँदे कार्ययोजना पारित भएको यति लामो समय हुँदा पनि कार्यान्वयन नभएकोमा आपत्ति प्रकट गर्दै मन्त्री गुरुङले त्यसको कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काम गर्नुपर्ने बताए । अहिले पर्यटनमन्त्रीको जिम्मेवारी कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले सम्हालेका छन् ।

गुरुङले अन्तर्राष्ट्रिय उडान सञ्चालनका सन्दर्भमा स्वास्थ्य परीक्षण, ‘भिसा’ अनुमति, सामान आयात–निर्यातका लागि भन्सारलगायत सम्बन्धित कामहरू सम्बन्धित अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनुपर्नेमा जोड दिए ।

त्यसका लागि सम्बन्धित मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले व्यवस्था मिलाउनु पर्ने पनि उनले बताएका छन् ।

पोखराबाट अन्तर्राष्ट्रिय उडानका साथै अन्य ६ वटा प्रदेशलाई हवाई सञ्जालमा जोड्नु पर्ने गुरुङले बताए ।

यो गर्न सक्दा पोखरालाई पर्यटन, शिक्षा र स्वास्थ्यको हब बनाउन सकिने उनको धारणा छ ।

‘पोखरालाई शिक्षा, स्वास्थ्यलगायतका केन्द्रका रूपमा विकास गर्न सकिने अवस्था छ, यहाँ डेटा सेन्टर बनाउन सकिन्छ, धौलागिरि, अन्नपूर्ण, मनास्लुजस्ता हिमशृङ्खला रहेको गण्डकी प्रदेशमा माउन्टेन फ्लाइटका माध्यमबाट पर्यटकीय विकास अघि बढाउन सकिने भएकाले यसतर्फ लाग्न आवश्यक छ’, गुरुङले भने ।

प्रदेशको पर्यटन विकासका लागि संघको मुख ताकेर बस्न नहुने पनि उनले बताए । आफ्नो क्षमताले भ्याउने काम गरेर पोखराको विकासलाई गतिदिन आवश्यक रहेको उनले बताए ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १२ : १८ बजे

आगामी निर्वाचन काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा हो : अध्यक्ष घिसिङ

चितवन– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१

रास्वपाका डोलप्रसाद अर्यालको चुनावी वाचापत्र सार्वजनिक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति र काठमाडौँ क्षेत्र

जग्गा वर्गीकरण म्याद थपे पनि विराटनगरमा कारोबार सुस्त

काठमाडौं– सरकारले जग्गा वर्गीकरणको म्याद २०८३ असार मसान्तसम्म थपे पनि

काठमाडौंका २५० उम्मेदवारमध्ये १२० जनाले मात्र खोले बैंक खाता

काठमाडौं– सङ्घीय राजधानी काठमाडौँकै आधा उम्मेदवारले हालसम्म बैंक खाता खोलेका

कैलाली १ मा एमालेका न्यौपानेलाई नेकपा (संयुक्त) को समर्थन

टीकापुर- नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) जिल्ला समितिले कैलाली क्षेत्र नम्बर