प्रतिनिधि सभाको सचिवमा हर्कराज राईको नाम सिफारिस « Khabarhub

प्रतिनिधि सभाको सचिवमा हर्कराज राईको नाम सिफारिस


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तत्कालीन सचिव सुरेश अधिकारीले राजीनामा दिएपछि रिक्त प्रतिनिधि सभाको सचिवमा हर्कराज राईको नाम सिफारिस भएको छ ।

सभामुख देवराज घिमिरेले झापाको शिवसताक्षी गाउँपालिक-२ निवासी राईलाई आइतबार प्रतिनिधि सभाको सचिवमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन्।

राई भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालको सल्लाहकारका रुपमा कार्यरत छन्।

प्रतिनिधिसभाको सचिव बनेको ५ महिनामै अधिकारीले मंसिर ९ मा राजीनामा दिएपछि १ महिनादेखि प्रतिनिधिसभाको सचिव पद रिक्त छ ।

राईले सार्वजनिक प्रशासनमा एमफील, राजनीतिशास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।

नेपाल सरकारका पूर्वसचिवसमेत रहेका अधिकारीले नियुक्तिको ५ महिनामै राजीनामा दिएका थिए । उनलाई संसद् सचिवालयको भावी महासचिवका रुपमा हेरिएको थियो ।

उनलाई २०८१ जेठ १८ गते प्रतिनिधि सभाको सचिवमा नियुक्त गरिएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाको सचिवमा अधिकारीलाई नियुक्त गरेका थिए ।

पद्मप्रसाद पाण्डेय संघीय संसद्‍को महासचिव भएपछि रिक्त सचिव पदमा उनी नियुक्त भएका थिए । उनलाई तत्कालीन भागबन्डाका क्रममा कांग्रसको कोटाबाट सचिव बनाइएको थियो । वर्तमान महासचिव पाण्डेयलाई एमालेको जोडबलमा अघि बढाइएको थियो ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १२ : ५० बजे

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : पूर्वप्रधानन्यायाधीश रेग्मी

काठमाडौं – पूर्वप्रधानन्यायाधीश खिलराज संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता र एकजुटताका साथ मुलुकलाई

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार

पन्ध्रौं महाधिवेशन नेतृत्व छान्ने मात्रै होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् महामन्त्री पदका दाबेदार नैनसिंह महरले

संविधान दिवसमा सुनसरीमा प्रभातफेरी

इनरुवा- संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार सुनसरीको सदरमुकाम