पुरुषले ध्यान दिनुपर्ने महिलाका १० कुरा « Khabarhub

पुरुषले ध्यान दिनुपर्ने महिलाका १० कुरा


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विवाह, प्रेम वा मित्रताका लागि महिला र पुरुषका फरक फरक धारणा हुने गर्दछन् ।

जसका कारणले उनीहरु एकअर्काका विषयमा जान्न र नजिक हुन अनेकौं प्रयत्न गर्छन् । तर एकले अर्कालाई बुझ्न नसक्दा दुबैको निकटतामा बाधा उत्पन्न हुन्छ ।

यहाँ १० टिप्सहरु छन्, जसले तपाई महिलालाई के मनपर्छ त्यो सजिलै थाहा पाउन सक्नुहुन्छ ।

१. उपहार पाउनु सबैको मन पर्ने बिषय हो । अझ महिलालाई गिफ्ट दिएको साह्रै मनपर्छ । तर गिफ्ट दिँदा दिने व्यक्तिले पूर्व घोषणा नगरी सरप्राइजका रुपमा आफ्नो मनले छानेर दिएको गिफ्टले उनीहरुको मन जित्न सकिन्छ ।

२. अधिकाशं महिलालाई बलिष्ठ र सुगठित शरिर भएका पुरुष मनपर्छ । तर उनीहरुमा महिलालले बौद्धिकता पनि खोज्दछन् । अझ आफ्नो कर्तब्य र जिम्मेवारी निभाउने पुरुष महिलाको प्रथम रुचीमा पर्दछन् ।

३. केही पुरुषहरु आफ्नो बढाईचढाई गरेर कुरा गर्छन्, जो महिलालाई फिटिक्कै मन पर्दैन । महिला साचो सुन्न सक्छन्, झुटो सहन सक्दैनन् । कुरा गर्ने पुरुष भन्दा आफूलाई साँचो माया र हेरचाह गर्ने पुरुष पाए उनीहरु सबै त्याग्न सक्छन् ।

४. महिलालाई आफ्नो परीवार वा आफन्तसँग भेटघाट गराएको र सम्बन्धलाई प्राथमिकता दिएको कुराले चाँडै छुन्छ । अझ महिलाका परिवारलाई आदर गरिदिउन् भन्ने उनीहरुको चाहना हुन्छ ।

५. महिलासँग भेट हुँदा उनीहरुको कुरा सुन्न प्राथमिकता दिने र उनीहरुलाई सम्मानपूर्वक व्यवहार गर्ने पुरुष महिलाको पहिलो छनौट हुन् ।

६. महिलाका लागि आफ्नो आत्मसम्मान अति नै प्यारो हुन्छ । जसलाई उनीहरु कुनै पनि सम्झौता गर्न चाहँदैनन् । त्यसैले महिलालाई खुशी मिल्ने विषयमा पुरुषले रोकेको छेकेको विषय उनीहरुले बाहिरी रुपमा पालना गरे पनि भित्रि रुपमा भने दुखी हुन्छन् ।

७. महिलालाई किनमेल गर्न असाध्यै मनपर्छ । त्यसैले उनीहरु थोरै खर्च भएपनि बजारमा छानीछानी सामान किन्न रुचाउँछन् । अधिकांश बार्गेनि¨ गर्दै सामाग्री किन्नु र हातभरी झोला बोकेर घर फर्कनु एक किसिमले महिलाको चाहाना नै हो भन्दा पनि फरक पर्दैन ।

८. नियमित रुपमा सम्भव नभए पनि कहिलेकाहि महिलाका गुनासोहरु सुनिदिने गर्नुपर्दछ । यसबाट उनीहरुको मनको बोझ हल्का हुने गर्दछ । अन्यथा कुनै बिषयमा मन दुखेको कुरा तपाइले सुन्न वा त्यसको समाधानतर्फ लाग्नु भएन भने उनीहरु टुट्ने गर्दछन् ।

९. महिलालाई शंका गरेको मन पर्दैन । यसको मतलब उनीहरुको गलत क्रियाकलापमा शंका नगर्नुस् भन्ने होइन । तर कुनै विषयमा नाम जोडर लगाइएका आरोप र गरिएका आशंकालाई महिलाले सहन सक्दैनन् ।

१०. महिलालाई उनी प्रति तपाईले गरेको माया देखाउनुपर्ने हुन्छ, बोलेर, लेखेर वा देखिने गरी । त्यसैले उनीसँगको सामिप्यता र प्रेम बढाउन कुनै यस्तो काम गर्नुस् जसका कारण उनले तपाईको प्रेम महशुस गर्न सकुन् ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ८ : ४२ बजे

पाक-अफगान सीमा तनाव चुलियो

बिहसुद– पाकिस्तानले आइतबार छिमेकी अफगानिस्तानको सीमा क्षेत्रमा गरेको व्यापक हवाई

मेची भन्सारबाट आठ अर्ब ६१ करोड बढीको अलैँची निर्यात

भद्रपुर– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ

पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा

काठमाडौं–  नेपालमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र कार्यान्वयनमा ल्याउने

हिन्दू र मुस्लिम समुदायलाई संयमता अपनाउन पूर्वप्रधानमन्त्री नेपालको आग्रह

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले रौतहटको गौर

जेन-जी आन्दोलनका घाइतेको विवरण पठाउन अन्तिम सूचना

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूको