अन्तिम खेलमा जावालखेलकाे जीत | Khabarhub Khabarhub

अन्तिम खेलमा जावालखेलकाे जीत


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जावलाखेल युथ क्लबले अन्तिम खेलमा जीत हासिल गरेको छ ।

ललित स्मृति एन्फा यु–१८ युथ लिगको आफ्नो अन्तिम खेलमा सातादोबोटो युथ क्लबविरुद्ध २–० को जित हासिल गरेको हो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा जावलाखेलले सो जीत हासिल गरेको हो ।

जावालाखेलको जीतका लागि दुवै गोल विवस दर्लामीले गरेका हुन् । खेलको २१औँ मिनेटमा विवसको गोलमार्फत जावलाखेलले अग्रता लिएको थियो भने मध्यान्तर पछि ६७औँ मिनेटमा दिवसले नै टोलीको अग्रता दोब्बर बनाउन सफल भए । तर, जवाफमा सातदोबाटोले कुनै गोल गर्न सकेन ।

जितसँगै २२ खेलमा ३० अंक जोडेको जावलाखेलले सातौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।  पराजित सातदोबाटो समान खेलबाट ११ अंकका साथ पुछारमा रहेको छ  ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ५ : १८ बजे

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको

भारतमा यूपीआईको प्रयोग बढ्दो

काठमाडौं– भारतमा युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत हुने कारोबार ह्वात्तै

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती

काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको

सङ्घीयतालाई वित्तीय र प्रशासनिक रुपमा प्रभावकारी बनाउनुपर्छ : गगन थापा

पाटन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई वित्तीय र