समृद्धिको अभियानमा सहभागी हुन प्रभु साहको आग्रह | Khabarhub Khabarhub

समृद्धिको अभियानमा सहभागी हुन प्रभु साहको आग्रह


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाल विश्वमै गौरवशाली ज्ञानभूमि, शान्तिभूमि र तपोभूमि भएकाले समृद्धिको अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।

उपत्यका विशेष कमिटीद्वारा आज आयोजित पार्टीको दोस्रो स्थापना दिवस समारोहमा उनले आफ्नो राष्ट्रप्रति गौरव गर्ने जनतालाई उत्साहका साथ गोलबन्द गर्दै देश विकासको अभियानमा संलग्न हुन सबै तह र तप्कालाई आग्रह गरेका हुन् ।

प्रतिनिधिसभा सदस्य समेत रहेका साहले भने, ‘नेपालमा अथाह प्राकृतिक स्रोतसाधन र कर्मशील जनशक्ति छ, यो सम्पत्ति र ऊर्जालाई देश निर्माणमा समावेश गर्नुपर्ने आजको आवश्यकता छ ।’

पार्टीका उपाध्यक्ष तिलकबहादुर थापा मगरले भ्रष्टाचार अन्त्य तथा सुशासन प्रवर्द्धनका लागि पार्टीले लिएको अभियान समाज बदल्न उन्नत र वैज्ञानिक भएकाले त्यसलाई अघि बढाउने कार्यमा साथ र सहयोग प्रदान गर्न आग्रह गरे ।

पार्टी प्रवक्ता चन्द्रभूषण साहले लोकतन्त्रलाई सुदृढ तुल्याउन, राज्यको ढुकुटी दुरुपयोग हुन नदिन तथा राजस्वको सही प्रयोग गर्न पार्टीले चालेको कदम समयसापेक्ष भएको दाबी गरे ।

उक्त पार्टीले अधिकार र पहिचानका मुद्दासँगै राज्यले जनतालाई बिजुली र पानी निःशुल्क वितरण गर्न तथा किसानलाई पेन्सनको व्यवस्था हुनुपर्ने माग गर्दै आएको छ ।

पार्टी स्थापना दिवसका अवसरमा विभिन्न जातजाति र समुदायको वेशभूषा भल्कने झाँकीसहितको र्‍याली महानगरपालिका परिक्रम गरी स्थापना दिवस समारोहमा पुगेको थियो । आम जनता पार्टी २०७९ पुस १४ गते स्थापना भएको हो ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ७ : ०० बजे

मनाङ प्रदेशसभामा उपनिर्वाचनका लागि सर्वोच्चले खोलिदियो बाटो

काठमाडौँ- मनाङ प्रदेशसभा क्षेत्र नं. २ मा आगामी कात्तिक १७

वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय गर्ने

जनकपुर– वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय तथा

पशुपतिनाथमा तीजको तयारी पूरा

काठमाडौं– हरितालिका (तीज) पर्वमा पशुपतिनाथ दर्शनका लागि सबै तयारी पूरा

सुरक्षा निकायका कार्यालयहरूलाई २६ थान सवारिसाधन वितरण

महेन्द्रनगर– मधेस प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशस्थित

भियतनामी उपराष्ट्रपति पुगिन् पाटन दरबार स्क्वायर (तस्बिरहरू)

ललितपुर- नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेकी  भियतनामका उपराष्ट्रपति वो