समृद्धिको अभियानमा सहभागी हुन प्रभु साहको आग्रह « Khabarhub

समृद्धिको अभियानमा सहभागी हुन प्रभु साहको आग्रह


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाल विश्वमै गौरवशाली ज्ञानभूमि, शान्तिभूमि र तपोभूमि भएकाले समृद्धिको अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।

उपत्यका विशेष कमिटीद्वारा आज आयोजित पार्टीको दोस्रो स्थापना दिवस समारोहमा उनले आफ्नो राष्ट्रप्रति गौरव गर्ने जनतालाई उत्साहका साथ गोलबन्द गर्दै देश विकासको अभियानमा संलग्न हुन सबै तह र तप्कालाई आग्रह गरेका हुन् ।

प्रतिनिधिसभा सदस्य समेत रहेका साहले भने, ‘नेपालमा अथाह प्राकृतिक स्रोतसाधन र कर्मशील जनशक्ति छ, यो सम्पत्ति र ऊर्जालाई देश निर्माणमा समावेश गर्नुपर्ने आजको आवश्यकता छ ।’

पार्टीका उपाध्यक्ष तिलकबहादुर थापा मगरले भ्रष्टाचार अन्त्य तथा सुशासन प्रवर्द्धनका लागि पार्टीले लिएको अभियान समाज बदल्न उन्नत र वैज्ञानिक भएकाले त्यसलाई अघि बढाउने कार्यमा साथ र सहयोग प्रदान गर्न आग्रह गरे ।

पार्टी प्रवक्ता चन्द्रभूषण साहले लोकतन्त्रलाई सुदृढ तुल्याउन, राज्यको ढुकुटी दुरुपयोग हुन नदिन तथा राजस्वको सही प्रयोग गर्न पार्टीले चालेको कदम समयसापेक्ष भएको दाबी गरे ।

उक्त पार्टीले अधिकार र पहिचानका मुद्दासँगै राज्यले जनतालाई बिजुली र पानी निःशुल्क वितरण गर्न तथा किसानलाई पेन्सनको व्यवस्था हुनुपर्ने माग गर्दै आएको छ ।

पार्टी स्थापना दिवसका अवसरमा विभिन्न जातजाति र समुदायको वेशभूषा भल्कने झाँकीसहितको र्‍याली महानगरपालिका परिक्रम गरी स्थापना दिवस समारोहमा पुगेको थियो । आम जनता पार्टी २०७९ पुस १४ गते स्थापना भएको हो ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ७ : ०० बजे

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल