नेपाली संस्कृतिले अन्तर्राष्ट्रिय तहमा गौरव बढाएको छ : माधव नेपाल | Khabarhub Khabarhub

नेपाली संस्कृतिले अन्तर्राष्ट्रिय तहमा गौरव बढाएको छ : माधव नेपाल


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विभिन्न जातजाति, समुदायका फरक संस्कृतिले अन्तर्राष्ट्रिय तहमा समग्र राष्ट्रको गौरव बढाएको बताएका छन् ।

अध्यक्ष नेपालले तमुल्होसारका अवसरमा शुभकामना दिँदै मौलिक विशेषता बोकेका फरक संस्कृति एवं परम्पराले अनेकतामा एकता, एकापसमा सहिष्णुता, सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने बताए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सम्पूर्ण जातजातिका फरक भाषा, साहित्य, कला र रहनसहन संवर्द्धनबाट नेपाली समाजलाई अन्तर्राष्ट्रिय तहमा सांस्कृतिक रूपमा सम्पन्न बनाएको उल्लेख गर्दै बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भ्रातृत्व एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उनले विविधताले भरिपूर्ण मुलुकमा सबै समुदायका चाडपर्व तथा संस्कृतिको महत्त्व रहेको उल्लेख गरे ।

सामाजिक एकता, पारस्परिक सम्मान अभिवृद्धि गरी आर्थिक विकास तथा समृद्धि कायम गर्न सकिने बताउँदै उनले समाजमा विद्यमान सबै प्रकारका विकृति र विसङ्गतिलाई अन्त्य गरी समतामूलक समाज निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  १२ : ३१ बजे

जिप दुर्घटनामा एक जनाको मृत्यु

दार्चुला– मार्मा गाउँपालिका–३ दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

लसुन रोपेर आम्दानी गर्दै पिपलाडीका किसान

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान जनकलाल डगौरा धान काटेपछि

पर्यटक लोभ्याउँदै पुरन्धरा झरना

दाङ– पश्चिम दाङको बबई गाउँपालिका–५ मा अवस्थित पुरन्धरा झरना जिल्लाकै

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ निर्मलबस्तिमा ट्रकको ठक्करबाट आज

मार्फा–छैरो–चिमाङ सडक स्तरोन्नति गरिने

मुस्ताङ– घरपझोङ गाउँपालिकाअन्तर्गतको मार्फा–छैरो–चिमाङ सडक स्तरोन्नति गरिने भएको छ ।