मेलबर्न टेस्टमा अस्ट्रेलियाले भारतलाई १८४ रनले हरायो « Khabarhub

मेलबर्न टेस्टमा अस्ट्रेलियाले भारतलाई १८४ रनले हरायो


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

मेलबर्न- मेलबर्न टेस्टमा अस्ट्रेलियाले भारतलाई १८४ रनले हराएको छ । यसका साथै अस्ट्रेलियाले बोर्डर-गावस्कर ट्रफीमा २-१ ले अग्रता बनाएको छ ।

अस्ट्रेलियाले जितका लागि भारतलाई ३४० रनको लक्ष्य दिएको थियो । तर भारतीय टोली १५५ रनमै समेटियो ।

भारतको तर्फबाट दोस्रो पारीमा सबैभन्दा धेरै रन यशस्वी जयसवालले बनाए । उनले ८४ रनको पारी खेले । उनका अलावा ऋषभ पन्तले ३० रनको पारी खेले ।

यी दुवै ब्याटरका अलावा अरु कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

अस्ट्रेलियाको तर्फबाट सर्वाधिक विकेट कप्तान प्याट कमिन्स र स्कट बोल्यान्डले लिएका छन् । दुवै बलरले आफ्नो नाममा ३-३ विकेट झार्न सफल भए । यिनका अलावा नाथन लायनले २ र मिचेल स्टार्क तथा ट्र्याविस हेडले एक-एक विकेट लि ।

चौथो दिनको खेल सकिँदा अस्ट्रेलियाले ९ विकेट गुमाउँदै २८८ रन बनाएको थियो । पाँचौँ दिनको सुरुवातमा अस्ट्रेलियन टिम केलब ६ रन मात्रै जोडेर २३४ को स्कोरमा अलआउट भयो । यससँगै अस्ट्रेलियाले भारतलाई ३४० रनको चुनौती दिएको थियो ।

यस खेलमा अस्ट्रेलियाले टस जिते‍र पहिले ब्याटिङको निर्णय लिएको थियो । अस्ट्रेलियाले पहिलो पारीमा ४७४ नरको ठूलो स्कोर बनायो । जसको जवाफमा भारतले पहिलो पारीमा ३६९ रन बनायो ।

पहिलो पारीमा अस्ट्रेलियाका स्टीभ स्मिथले शतकीय पारी खेले । भारतकोतर्फबाट नीतिश कुमार रेड्डीले आफ्नो करिअरको पहिलो शतक लगाए ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  १ : २४ बजे

रविसँग गोप्य छलफलपछि प्रधानमन्त्री बालेन संसद्‍मा झुल्किए

काठमाडौं- सरकारका एकपछि अर्को काम विवादमा पर्दै गएपछि घेराबन्दीमा परेका

बीमित हित संरक्षणमा गम्भीर छौँ : बिमा प्राधिकरण

काठमाडौं– नेपाल बिमा प्राधिकरणले बीमित हित संरक्षण एवं बीमा व्यवसायको

खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी, हर्मुजमा शुल्क असुल्ने प्रस्ताव पनि

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातुल्ला अली खमेनीका

लगातारको वर्षाका कारण चितवन जलमग्न

काठमाडौं– लगातारको वर्षाका कारण चितवनको विभिन्न स्थान डुवानमा परेको छ

सांसदहरूको माग : सुकुमवासी समस्या समाधान र गणेश नेपाली घटनाको निष्पक्ष छानबिन

 काठमाडौं- प्रतिनिधिसभाका सांसदहरूले सुकुमवासीको समस्या तत्काल समाधान गरी उचित व्यवस्थापन गर्न