इथियोपिया सडक दुर्घटना : ७१ जनाको मृत्यु « Khabarhub

इथियोपिया सडक दुर्घटना : ७१ जनाको मृत्यु


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिण इथियोपियामा आइतबार  सडक दुर्घटना हुँदा कम्तीमा ७१ जनाको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।

सिदामा प्रहरी आयोग, ट्राफिक रोकथाम तथा नियन्त्रण निर्देशनालयले आइतबार राति आफ्नो फेसबुकमा लेखेको छ, ‘दुर्घटनामा परी ६८ पुरुष र तीन महिलाको मृत्यु भएको छ ।’

स्थानीय समयअनुसार आइतबार साँझ ५ः३० बजेतिर गाडी सडकबाट नदीमा खसेको प्रहरीले जनाएको छ ।

‘घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्’, पोस्टमा भनिएको छ, ‘प्रहरीले दिएको जानकारीमा घटनाको समयमा बसमा कति यात्रु सवार थिए भन्नेबारे जानकारी दिइएको छैन।’

राजधानी अदिस अबाबाबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको सिदामा राज्यको बोना जुरिया वोर्डामा दुर्घटना भएको हो ।

स्वास्थ्य ब्युरोले यसअघि सार्वजनिक गरेको धमिलो तस्बिरमा पानीमा आंशिक रूपमा डुबेको एउटा गाडीलाई घेरेको र धेरैले त्यसलाई पानीबाट बाहिर निकाल्न प्रयास गरिरहेको देखिएको थियो।

ब्युरोले सार्वजनिक गरेका अन्य तस्बिरमा मृतकहरूलाई भुइँमा निलो त्रिपालले छोपिएका देखिन्छ ।

अफ्रिकाको दोस्रो ठूलो जनसङ्ख्या भएको इथियोपियामा सडकको दूरावस्था, पूराना सवारी साधन र चालकले गर्ने ट्राफिक नियम उल्लङ्घनका कारण हरेक बर्ष सयौँ नागरिकले अकालमा ज्यान गुमाउने गर्छन् ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  २ : १९ बजे

यी हुन् पूर्वमन्त्री दीपक खड्का जोडिएका विवाद

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

विभेद अन्त्यका लागि संरचनागत सुधार अनिवार्य छ : रक्षा बम

काठमाडौँ – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राज्यले गर्ने क्षमायाचना

ओलीलाई गैरकानुनी हिरासतमा राखिएको भन्दै राधिका शाक्य सर्वोच्च जाँदै

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री