मुखभित्र हालेर ब्राउन सुगर भारतबाट नेपालतिर तस्करी « Khabarhub

मुखभित्र हालेर ब्राउन सुगर भारतबाट नेपालतिर तस्करी


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

सुनसरी- लागुऔषध तस्करीका नयाँ नयाँ तरिका सार्वजनिक हुन थालेका छन् ।

खासगरी नेपाल-भारत सीमाक्षेत्रबाट हुने लागु औषध तस्करीका लागि युवाहरूले नयाँ नयाँ उपाय अपनाउन थालेका छन् ।

सुनसरीको दक्षिणी सीमाक्षेत्र खासगरी भोजपुर र धनकुटासहितका पहाडी जिल्लाबाट भारततर्फ गाँजा तस्करीको ट्रान्जिट नै बनेको छ ।

त्यहाँ सशस्त्र प्रहरी सीमा सुरक्षा बल र नेपाल प्रहरीले दैनिकजसो भारततर्फ लैजाने क्रममा गाँजा बरामद गर्ने गरेका छन् ।

तर सोमबार त्यही क्षेत्रमा एउटा अनौठो घटना हुन पुगेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेका धनकुटाका ३२ वर्षीय शरण राईलाई प्रहरीले ब्राउन सुगर तस्करीका क्रममा पक्राउ गरेको छ।

राईलाई २.५ ग्राम ब्राउन सुगर मुखभित्र हालेर भारतबाट नेपालतर्फ ल्याएको अवस्थामा कोशी गाउँपालिका-१ मेहता टोलबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

मुखमा ब्राउन सुगर हालेर ल्याइरहेका राईलाई सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओेपी) लौकाहीको टोलीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर इनरूवाले ब्राउन सुगरसहित समातिएका उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ५ : ४३ बजे

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या