विविधतापूर्ण संस्कृतिमा धनी सुदूरपश्चिम : मन्त्री पाण्डे « Khabarhub

विविधतापूर्ण संस्कृतिमा धनी सुदूरपश्चिम : मन्त्री पाण्डे


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश विविधतापूर्ण संस्कृतिमा धनी प्रदेश भएको बताएका छन् ।

सुदूरपश्चिम कलाकार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको पुस १५ विविध सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

उनले पुस १५ लाई सुदूरपश्चिमले ठुलो पर्वको रूपमा मनाउने गरेको स्मरण गर्दै यस पर्वलाई रात छोटा र दिन लामा हुनुका साथै  चिसो मौसम अन्त्य भएर न्यायो मौसमको सुरूवातको रूपमा मनाउने गरेको बताए ।

मन्त्री पाण्डेले पछिल्लो पुस्ता मेहनतका कारण दूरदराजका कला संस्कृतिहरूको उजागर र संरक्षणमा टेवा पुगको बताए । उनले सुदूरपश्चिमेली कलाकारहरूले गुणस्तरीय गीत मार्फत आफ्नो क्षेत्रका विविध पक्षको उजार गर्ने गरेको समेत बताए ।

उक्त  समारोहमा देउडा सम्राट् एवम् नेपाली राष्ट्रिय गान छनौट समितिका सदस्य  नन्दकृष्ण जोशी लगायतका दर्जनौँ कलाकारहरूले आफ्नो प्रस्तुति ,छलिया नाच, देउडा नाच समेत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ५ : ४६ बजे

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार