सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रण गरिने « Khabarhub

सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रण गरिने


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट – नेपाल र भारतको सीमा क्षेत्रमा हुने अवैध गतिविधि पूर्णरुपमा नियन्त्रण गर्ने दुईदेशीय उच्च सुरक्षा अधिकारीहरूको बैठकले निर्णय गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबी बिच छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी बर्दिबासमा भएको संयुक्त बैठकले उक्त निर्णय गरेको हो। सशस्त्र प्रहरी बल¸ नेपाल नम्बर २ को आयोजनामा डीआईजी स्तरीय बैठक शनिवार साँझ सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल तथा भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबी बिच नियमित रुपमा हुने स्तरीय समन्वयात्मक बैठकको आयोजना सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले गरेको हो। ​

दुईपक्षीय बैठकमा सीमा सुरक्षा¸ सीमा अपराध नियन्त्रण तथा रोकथाम लागूऔषध नियन्त्रण¸ सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रमले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउँदै अघि बढ्न सहयोग मिल्ने सशस्त्र प्रहरी बल नम्बर २ बाहिनीले जानकारी गराएको छ।

बैठकमा सशस्त्र प्रहरी बल¸ नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति डीआईजी कालीदास धौवजी , भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीको सेक्टर हेडक्वार्टर मुजफ्फरपुरका डिआईजी दीपक कुमार, आईपिएस सेक्टर हेड क्वाटर पूर्णियाका डिआईजी राजेश टीकु, सेक्टर हेड क्वाटर बेतियाका डिआईजी एस सुब्रमन्यमको उपस्थिति रहेको थियो ।

त्यसैगरी दुईदिने कार्यक्रममा मधेस प्रदेश स्थित सशस्त्र प्रहरी बल नेपालका गणपतिहरू ,निमित्त गणपतिहरू लगायतका अधिकृतहरू, एसएसबीका बटालियन कमाण्डेन्टहरु लगायतको उपस्थिति रहेको सशस्त्र प्रहरी मधेस प्रदेश कार्यालय बर्दिवासले जनाएको छ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १० : २२ बजे

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या