क्रिकेट प्रशिक्षण सञ्चालन गर्दै कीर्तिपुर एकेडेमी | Khabarhub Khabarhub

क्रिकेट प्रशिक्षण सञ्चालन गर्दै कीर्तिपुर एकेडेमी


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पथरी– एकाबिहानै मोरङको पथरी शनिश्चरे–७ स्थित कीर्तिपुरमा जनकल्याण माविको मैदानमा पुग्ने हो भने विद्यार्थी ब्याट र बलसँग रमाइरहेका हुन्छन् । जाडोको समय एकाबिहानै झिसमिसेमा उनीहरुको अभ्यासले ठुलठुलो आवाज आउँछ । विद्यालयको मैदानमा भेला भएका उनीमध्ये कोही शारीरिक अभ्यासमा व्यस्त हुन्छन् त कोही बलिङ र ब्याटिङमा ।

मैदानमा विद्यार्थीसँगै वरिपरि दौडिएर ‘फिल्डिङ’को अभ्यास गरिरहेका हुन्छन् राकेश राई । उनले विद्यार्थीलाई नेतृत्व गरिरहेका हुन्छन् । प्रशिक्षक राईको सपना छ पथरी शनिश्चरेबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने । क्रिकेट खेलमै जीवन बिताएका उनको सपनालाई साथ दिए कीर्तिपुर एकेडेमीका निर्देशक पुकार राईले । पुकार र राकेशको क्रिकेटप्रतिको लगावका कारण मोरङले प्रधानमन्त्री कप महिला लिगका लागि दुई खेलाडी पाएको छ ।

दुई युवाले आफ्नै लगानीमा सुरु गरेको क्रिकेट प्रशिक्षणले विस्तारै गति लिँदै आएको छ । एकेडेमीले सुरु गरेको क्रिकेट प्रशिक्षणमा ४० भन्दा बढी विद्यार्थी नियमित प्रशिक्षण गर्दै आएका छन् । दश वर्षदेखि १६ वर्षसम्मका १८ बालिका २२ बालकलाई नियमित प्रशिक्षणमा सहभागी रहेका एकेडेमीका निर्देशक पुकार बताउँछन्। नियमित प्रशिक्षण गराइरहेको एकेडेमीले राष्ट्रियस्तरमा महिला क्रिकेट खेलाडी उत्पादनमा ठूलो सहयोग पुर्‍याउँदै आएको छ ।

क्रिकेट र फुटबल खेलाडी उत्पादन गर्दै आएको कीर्तिपुरले जन्माएको खेलाडी हुन सरु लिम्बू । राष्ट्रिय महिला फुटबल खेलाडी उनी अहिले अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त फुटबल खेलाडी हुन् । महिला फुटबलको नियमित सदस्य उनी सशस्त्र प्रहरी क्लबमा आबद्ध भएकी छिन् । फुटबलमात्र खेलाडी उत्पादन गरिराखेको कीर्तिपुरले अब अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी उत्पादन गर्न महिला क्रिकेट प्रशिक्षण सुरु गरेको छ । सरुजस्तै खेलाडीको उद्गमस्थल हो कीर्तिपुर ।

पछिल्लोपटक प्रधानमन्त्री कप महिला क्रिकेटका लागि एकेडेमीका दुई जना खेलाडी मोरङ जिल्लाको बन्द प्रशिक्षणमा राखिएको छ । प्रशिक्षक राकेश भन्छन्, ‘मोरङले प्रधानमन्त्री कप महिला लिगका लागि बन्द प्रशिक्षणमा उक्त एकेडेमीका स्मारिका गौतम र शुभेक्षा लिम्बूलाई बन्द प्रशिक्षणमा रहेका भनेको हाम्रो सफलता हो ।’

कीर्तिपुरको अभ्यासस्थलमा नियमित क्रिकेट अभ्यास गर्न पुगेका बालबालिका निकै फूर्तिका साथ खेलमैदानमा उत्रन्छन् ।  प्रशिक्षक राकेशले टिम बनाइदिन्छन् र सोहीअनुसार आ–आफ्नो टिममा सहभागी भएर मैदानमा उत्रिन्छन् उनीहरू । एकेडेमीमा खेलसँगै अनुशासन र जिम्मेवारी पनि सिकाइने प्रशिक्षक राकेश बताउनुहुन्छ । घरपरिवारमा के काम गर्ने, विद्यालय र साथीभाइसँग कस्तो व्यवहार गर्नेलगायत विषय पनि अनौपचारिक रूपमा सिकाउने गरिएको छ ।

क्रिकेट क्षेत्रमा लामो समय विताएका राकेश हालै ‘बेसिक लेभल’ प्रशिक्षक बनेका छन् । उनले सिकेको सीप तथा कला आफ्नै गाउँका बालबालिकालाई प्रदान गरिरहेका छन्। एकेडेमीकै अग्रसरतामा क्रिकेट खेलाडीका लागि ‘नेट प्रशिक्षण’ गर्न नेटसमेत बनाउन थालिएको छ । वडा कार्यालय ७ र ८ ले आर्थिक सहयोग गरेपछि पक्की क्रिजसहितको ‘नेट प्राक्टिस’ सम्भव भएको हो । पछिल्लो स्थानीय तहमा वडादेखि नगरस्तरीय प्रतियोगिता हुने गरेको र राष्ट्रिय खेलाडीसम्म पुग्ने माध्यम भएकाले यस्ता प्रशिक्षण फलदायी हुने प्रशिक्षक राईको बुझाइ छ ।

एकेडेमीले गरिरहेको यो कार्यलाई नेपाल क्रिकेट फाउण्डेशनले सहयोग गरिरहेको छ । फाउण्डेशनले प्रशिक्षण गरिरहेका खेलाडीलाई खेल सामग्री सहयोग गरिरहेकाले एकेडेमी सञ्चालन गर्न सहज भएको छ । क्रिकेटप्रतिको ‘क्रेज’ बढ्दै गर्दा अभिभावक पनि सकारात्मक बनेका छन् । क्रिकेट खेलेर छोरीले राष्ट्रकै नाम राख्नेमा विश्वस्त छन् अभिभावक इन्द्र गौतम । यही एकेडेमीमा प्रशिक्षण गरेका खेलाडीले हालै इक्वालिटी कपमा सहभागी भएर उत्कृष्ट प्रदर्शन गरेपछि एकेडेमीको प्रभाव  देखिन थालेको छ ।

क्रिकेट विकासका लागि ‘ग्रासरुट’बाट स्वःस्फुर्त रूपमा सुरु भएको यस्ता एकेडेमीलाई राज्यले प्रोसाहन गर्नुपर्ने देखिन्छ । खेलकुद सङ्घसंस्थाको नजरबाट टाढा रहेको सो एकेडेमीलाई स्थानीय सरकारले समेत चिन्न सकेको छैन 

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  २ : ०९ बजे

गोठाटार पहेँलो पुलक्षेत्रबाट नकुहिने फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर भब्य रुपमा सम्पन्न

काठमाडौं– सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको

पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण

काठमाडौं– पत्रकार एवं लेखक ददि सापकोटाको सिर्जना कर्मनायकका सपना, सङ्घर्ष

जने-जी आन्दोलनमा घुसपैठ गर्नेमाथि कारवाही हुन्छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जने-जी आन्दोलनका क्रममा घुसपैठ गर्नेहरुमाथि कडा

विश्वासको मत नपाउने भएपछि मधेसका मुख्यमन्त्री सोनलले दिए राजीनामा

काठमाडौं- विश्वासको मत नपाउने भएपछि मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले