रास्वपाको केन्द्रीय कमिटी बैठक डाकियो, तीन दिनसम्म चल्ने   « Khabarhub

रास्वपाको केन्द्रीय कमिटी बैठक डाकियो, तीन दिनसम्म चल्ने  


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक १९,२० र २१ गते बस्दै छ । सभापति रवि लामिछाने पक्राउ परेपछि पहिलो पटक तीन दिनसम्म केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। 

यो केन्द्रीय कमिटी बैठकमा प्रदेशका सभापति र महामन्त्रीहरूलाई पनि बोलाइएको रास्वपाले जनाएको छ । बैठकमा पछिल्लो राजनीतिक परिस्थिति तथा रास्वपाको भावी कार्ययोजनाबारे छलफल हुने बताइएको छ । 

रास्वपा प्रवक्ता मनिस झाका अनुसार बैठकले अबको पार्टीको कार्यदिशा र कसरी पार्टी अगाडि बढ्ने,  जनतामा पार्टीप्रति कस्तो किसिमको  बुझाइ छ, ती कुराहरूको विषयमा पनि छलफल हुने छ । 

रास्वपाले हाल ६० भन्दा धेरै स्थानमा जिल्ला भेला गरिसकेकाले त्यसबारेमा पनि बैठकमा रिपोर्टिङ हुने बताइएको छ । रास्वपाले आगामी वैशाख तेस्रो साता केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ । तर सभापति जेल जाने अवस्था भए रास्वपाले महाधिवेशन गर्छ या गर्दैन भन्ने कुर अन्योल छ । 

यता रास्वपा संसदीय दलमा उपनेता विराजभक्त श्रेष्ठ ती विषयहरूमा पनि बैठकमा छलफल हुने दाबी गर्छन् । उनी यो केन्द्रीय समिति बैठकले रास्वपाको स्पष्ट कार्य योजना, विचार र खाकाहरूमा छलफल हुने बताउँछन् ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ६ : ५७ बजे

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै