तोयानाथ स्मृति प्रतिष्ठानलाई लमजुङमा आठ रोपनी जग्गा « Khabarhub

तोयानाथ स्मृति प्रतिष्ठानलाई लमजुङमा आठ रोपनी जग्गा


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका–४ दुराडाँडा, अर्चल्यानीस्थित हलोक्रान्ति नेपाल तथा तोयनाथ स्मृति प्रतिष्ठानलाई आठ रोपनी जग्गा प्राप्त भएको छ ।

प्रतिष्ठानले आवश्यक जग्गा अभावमा हलोक्रान्ति तथा तोयनाथ स्मृतिपार्क र आवश्यक संरचना निर्माण गर्न सकेको थिएन ।

उद्यान निर्माण गरेर २००६ सालमा पण्डित तोयनाथ अधिकारीले हलो जोतेर क्रान्ति गरेको स्मृतिमा पण्डित तोयनाथले हलो जोत्दै गरेको हलगोरूसहितको पूण कदको शालिक निर्माण गरेर हलोक्रान्तिस्थललाई पर्यटकीयस्थल बनाउनुपर्ने प्रतिष्ठानले जनाएको छ ।

उक्त जग्गा सुन्दरबजार नगरपालिका–४ दुराडाँडा, अर्चल्यानीका मुक्तिनाथ पौडेलले उपलब्ध गराएका हुन्‌ । प्रतिष्ठानले जग्गा अभावमा आफूहरूले काम गर्न नसकेको बताउँदै आएपछि पं तोयनाथका माहिला छोरा सोमाकान्त शर्माले जग्गा उपलब्ध गराएको प्रतिष्ठानका अध्यक्ष डा लक्ष्मीकान्त पौडेलले बताए ।

ऐतिहासिकस्थल लमजुङको बाटेगह्रासँगै जोडिएको उक्त जग्गा मुक्तिनाथ पौडेलबाट सोझै प्रतिष्ठानको नाममा पास गरिदिएको अध्यक्ष पौडेलले बताए ।

बाटेगह्रासँग जोडिएको उक्त जग्गा प्रतिष्ठानको नामका रजिष्ट्रेशन पास गरिदिएपछि प्रतिष्ठानले दातालाई धन्यवाद ज्ञापन गरेको छ ।

देशमा प्रजातन्त्रको उदय हुनुअघि २००६ साउन ११ गते लमजुङको सुन्दरबजार नगरपालिका–४ अर्चल्यानीको बाटेगरामा बाहुनहरूले सामूहिक रूपमा हलो जोतेका थिए ।

ब्राह्मणवाद तथा जातीय भेद्भावसँगै हलीप्रथा अन्त्यका लागि पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, श्रीकान्त अधिकारीलगायत २७ बाहुनले नेपालमै पहिलो पटक हलो जोतेर हलोजोत क्रान्तिको सुरूआत गरेका थिए ।

ऐतिहासिक हलोक्रान्तिलाई ऐतिहासिकस्थलको रूपमा विकास गर्न, हलोक्रान्तिस्थलमा योद्धाहरूको अभिलेख राख्न दुराडाँडामा हलोक्रान्ति नेपाल तथा तोयनाथ स्मृति प्रतिष्ठान स्थापना गरिएको छ ।

प्रतिष्ठानले बाटेगह्रामा हलोक्रान्तिका योद्धाको नाम रहेको स्मारक निर्माण गरेको छ । हलोक्रान्ति स्मृति भवनसमेत निर्माण गरिएको छ । त्यस्तै प्रतिष्ठानले पं तोयनाथले हलो जोत्दै गरेको हलगोरूसहितको शालिक निर्माण गर्न फाउण्डेशनसमेत निर्माण गरिसकेको छ । छिट्टै शालिक निर्माण गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । रासस

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  १० : ५८ बजे

देउवालाई हटाएर, पार्टी कब्जा गरेर कांग्रेस चल्दैन, विधानअनुसार नेतृत्व फेरौँ

काठमाडौं– नेता विमलेन्द्र निधिले नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम