अफगानिस्तानमा फेरि अर्को बम विस्फोट, १२ जनाको मृत्यु | Khabarhub Khabarhub

अफगानिस्तानमा फेरि अर्को बम विस्फोट, १२ जनाको मृत्यु


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको राजधानी काबुलको शास दराक क्षेत्रमा बिहीबार भएको एक कार बम विस्फोटका परी कम्तीमा १२ जनाको मृत्यु भएको  छ ।

स्थानीय समयानुसार बिहीबार बिहान १०ः१० बजे बिस्फोट भएको जनाइएको छ । बिस्फोटमा परी अन्य कैयौ व्यक्ति घाइते भएका छन् ।

उक्त विस्फोट प्रहरीचौकीनजिकै भएको थियो । विस्फोट भएको सो स्थानमा राष्ट्रिय सुरक्षा निर्देशनालयको कार्यालय, अमेरिकी दूतावास र नेटोको नेतृत्वमा रहेका सेनाहरु रहेका थिए ।

अफगानिस्तानमा सरकारसँग द्वन्द्व जारी राखेका तालिबान लडाकू समूह र वासिङ्टनबीच शान्ति सम्झौता अन्तिम चरणमा पुग्न लागेको अस्थावमा अफगानिस्तानको राजधानीमा पुनः बिस्फोटका घटनाहरु भइररहेका छन् ।

काबुलको आवासिय क्षेत्रमा गत सोमबार मात्रै भएको एक विस्फोटमा परी कम्तीमा १६ सर्वसाधारण मारिएका थिए । उक्त विस्फोटमा अन्य १ सय १७ व्यक्ति घाइते भएका थिए ।

बिहीबार भएको कार बम विस्फोट केही दिनयता तालिबान लडाकूले गरेको चौथो ठूलो आक्रमण हो । सप्ताहन्तमा अफगानिस्तानको उत्तर भागमा पर्ने दुई प्रमुख शहरमा भएका भीषण आक्रमणमा दर्जनौं सुरक्षाबल र नागरिकहरु मारिनुको साथै घाइते भएका छन् ।

अल कायदा विद्रोही समूहले सन् २००१ सेप्टेम्बर ११ मा न्युयोर्क शहरमा अवस्थित ट्वीन टावर आक्रमणपछि अमेरिकी सेनाले अफगानिस्तानमा आक्रमण गरेको थियो । उक्त समयमा एक लाख ३० हजारभन्दा बढी अमेरिकाको नेतृत्वमा नेटो सेना अफगानिस्तानमा प्रवेश गरेका थिए ।

सन् २०१४ को डिसेम्बरमा ‘अफगान युद्ध’ सकिएको घोषणा गर्दै प्रायःनेटो सेना अफगानिस्तानबाट आ–आफ्नो देश फर्किएका थिए । सोही समयबाट हालसम्म करिब १४ हजार अमेरिकी सेना अझै अफगानिस्तानमा रहेका अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले पुष्टि गरेको थियो ।

ठूलो सङ्ख्यामा नेटो आवद्ध सेना अफगानिस्तानबाट फर्केपछि यहाँ सुरक्षाकर्मी, सरकारी अधिकारी र सर्वसाधारण जनता लक्षित आक्रमणका घटना बढेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  २ : १३ बजे

गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्ति वैधानिक, सर्वोच्चद्वारा रिट खारेज

काठमाडौं- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिटलाई

चीन र भारतका बजारमा पहुँच पुर्‍याउने अवसर छ : मन्त्री भण्डारी

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको भौगोलिक

‘सिधाकुरा’को ‘द डार्क फाइल’बारे काउन्सिल अध्यक्ष भन्छन् : प्रथम दृष्टिमै अपुष्ट र शंकास्पद थियो

काठमाडौं- ‘सिधाकुरा डटकम’ मा प्रकाशित ‘द डार्क फाइल’ श्रृंखलाका समाचारको

लगानी सम्मेलन : सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रमा

लगानी सम्मेलनमा निजी क्षेत्रले गरे प्रमुख आठ समझदारी

काठमाडौं – तेस्रो लगानी सम्मेलनको दोस्रो (अन्तिम) दिन साँझसम्म निजी