वामदेवको एकीकरण अभियान र एकीकृत समाजवादी एकतानजिक | Khabarhub Khabarhub

वामदेवको एकीकरण अभियान र एकीकृत समाजवादी एकतानजिक


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय एकता अभियानबीच एकताबद्ध भएर अघि बढ्ने सैद्धान्तिक समझदारी भएको छ ।  

बुधबार समाजवादीको पार्टी कार्यालय आलोकनगरमा नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेता र राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमसहितका नेताहरुबीच भएको छलफलका क्रममा छिटै एकताबद्ध भएर अघि बढ्ने सैद्धान्तिक समझदारी भएको हो ।

सो क्रममा अभियानकातर्फबाट एकतामा समाहित हुने नेताहरूको जिम्मेवारीका सन्दर्भमा छलफल भएको थियो । राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले एकताका लागि दुई पक्षीय समझदारीलाई अघि बढाउने विषयमा छलफल भएको जानकारी दिए । एकताका लागि धेरै समय कुर्न नपर्ने भन्दै उनले त्यसपछि नै समझदारीका विषय सार्वजनिक गर्ने उल्लेख गरे ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले राजनीतिक, वैचारिक र सैद्धान्तिक विषयका साथै विभिन्न विषयमा दुई पक्षबीच छलफल भएको जानकारी दिए ।

पार्टीलाई एकताबद्ध गरेर गति दिने विषयसम्मको छलफल भएको भन्दै उनले एकताबद्ध हुने विषयमा सैद्धान्तिक समझदारी भएको बताए ।

उनले एकताका लागि मिलाउनुपर्ने विषयमा निरन्तर छलफल गर्दै छिटै एकताको प्रक्रिया टुङ्गो लगाउने बताए । 

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ६ : ४६ बजे

कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडाैं पठाइयो

धनगढी – कैलाली कारागारमा शुक्रबार राति भएको झडपका क्रममा गम्भीर

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौं – बागमती प्रदेश सरकारले आगामी साउन २५ गते गाईजात्रा

भोजपुरको टक्सारमा लाखेजात्रा

भोजपुर – भोजपुरको टक्सारमा लाखेजात्रा विधिवत् सुरु भएको छ ।

जालन्धर भुसाल बने कैलाली कारागारको नयाँ जेलर

धनगढी – शनिबार राति भएको झडपपछि कैलाली कारागारको नेतृत्वमा परिवर्तन

एनपीएल अक्सन : पहिलो चरणमा २६ खेलाडी अनुबन्ध, काठमाडौंको मात्रै कोटा पूरा

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को मिनी अक्सनको