वामदेवको एकीकरण अभियान र एकीकृत समाजवादी एकतानजिक « Khabarhub

वामदेवको एकीकरण अभियान र एकीकृत समाजवादी एकतानजिक


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय एकता अभियानबीच एकताबद्ध भएर अघि बढ्ने सैद्धान्तिक समझदारी भएको छ ।  

बुधबार समाजवादीको पार्टी कार्यालय आलोकनगरमा नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेता र राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमसहितका नेताहरुबीच भएको छलफलका क्रममा छिटै एकताबद्ध भएर अघि बढ्ने सैद्धान्तिक समझदारी भएको हो ।

सो क्रममा अभियानकातर्फबाट एकतामा समाहित हुने नेताहरूको जिम्मेवारीका सन्दर्भमा छलफल भएको थियो । राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले एकताका लागि दुई पक्षीय समझदारीलाई अघि बढाउने विषयमा छलफल भएको जानकारी दिए । एकताका लागि धेरै समय कुर्न नपर्ने भन्दै उनले त्यसपछि नै समझदारीका विषय सार्वजनिक गर्ने उल्लेख गरे ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले राजनीतिक, वैचारिक र सैद्धान्तिक विषयका साथै विभिन्न विषयमा दुई पक्षबीच छलफल भएको जानकारी दिए ।

पार्टीलाई एकताबद्ध गरेर गति दिने विषयसम्मको छलफल भएको भन्दै उनले एकताबद्ध हुने विषयमा सैद्धान्तिक समझदारी भएको बताए ।

उनले एकताका लागि मिलाउनुपर्ने विषयमा निरन्तर छलफल गर्दै छिटै एकताको प्रक्रिया टुङ्गो लगाउने बताए । 

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ६ : ४६ बजे

‘सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक, २०८३’ पारित

काठमाडौं– ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३

सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३  पारित

काठमाडौं– प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३  पारित भएको

पूर्वअर्थमन्त्री पौडेलविरुद्ध ६ दिन म्याद थप

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध ६ दिन

राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ

काठमाडौं- राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि

कर्णालीमा गाडी दुर्घटना : भिरमा अड्किएको शव निकाल्ने प्रयास, बेपत्ताको खोजी जारी

दैलेख- दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा भएको फोर्स गाडी