शिक्षाको सुधारका लागि राजनीति सही हुनुपर्छ : डा बाबुराम भट्टराई | Khabarhub Khabarhub

शिक्षाको सुधारका लागि राजनीति सही हुनुपर्छ : डा बाबुराम भट्टराई


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराईले शिक्षा क्षेत्रमा पर्याप्त बजेट छुट्याउनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौंको माइतिघर मण्डलामा आज शैक्षिक अभियन्ता नेत्र चापागाईँको शिक्षा क्षेत्रको सुधारको आन्दोलनलाई ऐक्यबद्धता दिन आइपुगेका पूर्व प्रधानमन्त्री डा भट्टराईले शिक्षा क्षेत्रको सुधारका लागि सही राजनीतिक हुनुपर्नेमा जोड दिए ।

सीमित साधन स्रोतकाबीच पनि प्राथमिकीकरण गरेर शिक्षा क्षेत्रको विकास गर्न जरूरी रहेको औँल्याउँदै उनले यसतर्फ राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पूर्व शिक्षामन्त्री शिशिर खनालले शिक्षालाई बलियो र प्रभावकारी नबनाएसम्म देश विकास नहुने बताए । उनले पछिल्लो समयमा सार्वजनकि विद्यालयमा विद्यार्थीको सङ्ख्या घटिरहेको भन्दै चिन्ता प्रकट गरे ।

उनले पैसा हुने र नहुनेबीच दु्ईवटा समाज निर्माण भएको दाबी गर्दै सार्वजनिक स्कुलमा पढ्ने विद्यार्थीले राम्रो शिक्षा आर्जन गर्न सक्छन् भन्ने ग्यारेन्टी सरकारले गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विवेकशील साझा पार्टीका रञ्जु दर्शना, शिक्षक महासङ्घका पुष्पराज कुँवरलगायतले शैक्षिक गुणस्तर सुधारका लागि आमूल परिवर्तनको खाँचो रहेको औंल्याएको थिए ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ९ : १५ बजे

४९ अंकले बढ्यो नेप्से, ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९.१२ अंकले बढेको छ

सागसब्जी फलाएर जीविकोपार्जन गर्दै बागलुङका किसान

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी गाउँ बसाइँसराइका कारण बिस्तारै रित्तिँदै

खुमलटारविरुद्ध संकटाको सानदार जीतमा पेम्बाको ह्रयाट्रिक

 काठमाडौं– संकटा क्लबले एन्फा यु–१६ युथ लिगमा सानदार जीत हासिल गरेको

भद्रपुर उडेको बुद्धको जहाज : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो

काठमाडौं- निजी क्षेत्रको सबैभन्दा ठूलो कम्पनी बुद्ध एयरको एउटा जहाज

बंगलादेशमा हसिना शासनकालका पूर्वप्रहरी महानिरीक्षक पक्राउ

ढाका– शेख हसिना कालका बंगलादेशका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) पक्राउ परेका