२०२४ मा भारतको जम्मु कश्मीरमा मारिएका ६० प्रतिशत लडाकु पाकिस्तानी « Khabarhub

२०२४ मा भारतको जम्मु कश्मीरमा मारिएका ६० प्रतिशत लडाकु पाकिस्तानी


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत प्रशासित जम्मु कश्मीरमा पाकिस्तानी घुसपैठ बढ्दै गएको पाइएको छ । भारतीय सेनाका वरिष्ठ अधिकारीले सन् २०२४ मा जम्मु कश्मीरमा मारिएका ६० प्रतिशतभन्दा धेरै लडाकु पाकिस्तानी नागरिक भएको बताएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार भारतीय सेनाका प्रमुख जनरल उपेन्द्र द्विवेदी र सेनाको उत्तरी क्षेत्रका कमाण्डर लेफ्टिनेन्ट जनरल एमभी सुचेन्द्र कुमारको नेतृत्वमा जम्मु कश्मीर क्षेत्रमा अतिवादीविरुद्ध कारवाही गर्दै आएको छ । भारतीय सेनाले पाकिस्तानी सहयोग प्राप्त लडाकु संगठनमा स्थानीय कश्मीरीको भर्ना भने ह्वात्तै घटेको जनाएको छ ।

यस वर्ष त्यस्ता संगठनमा केबल ४ जना कश्मीरी मात्रै भर्ना भएको सेनालाई उद्धृत गर्दै एएनआईले जनाएको छ । सो क्षेत्रमा मुठभेड र दोहोरो भीडन्तका क्रममा ७५ जना लडाकु मारिएका छन् । यस वर्ष जम्मुको राजौरी, पुन्च, दोदा, किश्तवर, कथुवा र रेयासी जस्ता क्षेत्रमा पाकिस्तानी सहयोग प्राप्त लडाकु संगठनको गतिविधिमा कमी आएको पाइएको छ ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  १२ : ३१ बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार